वार्षिक कार्यक्रम समीक्षा बैठक सुरु
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा असार १४ गते चितवनको सौरहामा केन्द्रीय वार्षिक समीक्षा बैठक सुरु भएको छ ।
दुई दिने कार्यक्रममा इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेको कामको मूल्याङ्कन आफैँले गर्ने र यसको साख जोगाइनु पर्ने बताउनु भयो ।
डाक्टर श्रेष्ठले अधिकार प्राप्तिका लागि गरेको अभियानबाट धेरै व्यक्ति राजनीतिक नेतृत्वमा पुगिसके पनि अझै मानव अधिकार आन्दोलनको आवश्यकता रहेको बताउनु भयो ।
इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले गरेका कामको स्थायित्वको दायित्व पनि इन्सेकसँग नै रहने बताउनु भयो ।
उहाँले नेपाल मानव अधिकार वर्ष पुस्तकले मानव अधिकारको संरक्षणका लागि गरेको योगदान र स्थानीय तहमा गरेका कामका मूख्य उपलब्धिलाई अभिलेख गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका प्रतिनिधिले गर्ने व्यवस्थापन प्रमुख सुबेच्छा खड्काले बताउनु भयो ।
मानव अधिकार प्रलेख तथा पैरवी कार्यक्रम, मानव अधिकार शिक्षा कार्यक्रमले गरेका कामको उपलब्धि, पीडितको रहात, जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमबाट प्राप्त उपलब्धि र सफलताका कथाको प्रस्तुति गरिने छ ।
मानव अधिकार प्रलेख तथा पैरवी विभाग प्रमुख श्रीराम बजगाईँले कार्यक्रमको समीक्षाको प्रस्तुतिकरण गर्दै परियोजनाले लक्ष्य गरेका उपलब्धि ८० प्रतिशत भन्दा बढी पुरा भइसकेको बताउनु भयो ।
सोही विभागकी सम्झा श्रेष्ठले मानव अधिकारको क्षेत्रमा कार्यरत विभिन्न सञ्जालसँगको समन्वय र सहकार्य गर्दै इन्सेकले मानव अधिकार रक्षक, युपिआर लगायतका कानुन तथा ऐन निर्माणमा काम गर्दै आएको बताउनु भयो ।
मानव अधिकार शिक्षा कार्यक्रमका प्रमुख मदन पौडेलले जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमले सेवाप्रदायक निकाय र सेवाग्रहीबिच पुलको काम गर्न सफल भएको बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…