वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको गाडीमा आगजनी
सङ्खुवासभाको चैनपुरमा वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको जिपमा अज्ञात समूहले मङ्सिर ४ गते बिहान २ बजे आगजनी गरेको छ ।
सो समूहले को १ ज २१२३ नम्बरको ल्याण्डरोबर गाडीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष खड्काले बताए । बसपार्क नजिकै पार्किङमा राखिएको चैनपुरका आशिष शाक्यको गाडी जलाइएको हो । गाडी कसले र किन जलाएको भन्ने पत्ता लागेको छैन ।
उक्त गाडी वाम गठबन्धनका उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएको बताइएको छ । प्रहरीले आगो लगाउने समूहको खोजी तीव्र पारेको जनाएको छ । गाडी पूर्णरूपमा जलेपनि मानवीय क्षति भने भएको छैन । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएका छैनन् ।
बाबुराम बास्तोला
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका– १३ बस्ने ५५ वर्षीय रामेश्वर नेपालीलाई प्रहरीले २०८० असोज ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटक पटक र पछिल्लो…
सडकमा बस्दै आएकी बेसाहरा महिलालाई इन्सेकको पहलमा आश्रममा पठाइयो
बाणगङ्गा नगरपालिका–४ स्थित जीतपुर चौकमा बेसाहरा अवस्थामा सडकमा बस्दै आएकी अन्दाजी ३० वर्षीया एक महिलालाई इन्सेकको पहलमा असोज ७ गते मानव सेवा आश्रम, रुपन्देहीमा राखिएको छ । जितपुर चोकको दक्षिणतर्फको…
नेपालकै पहिलो बालमैत्री नगरका ३३ जना बालबालिकामा कुपोषणको समस्या
बालमैत्री नगर घोषणाका लागि ०६६ देखि योजना तय गरी ०७३ वैशाख ३१ गते नेपालकै पहिलो बालमैत्री नगरका रूपमा घोषणा गरिएको विराटनगरमा ३३ जना बालबालिकामा कुपोषणको समस्या पाइएको छ । विराटनगर…
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…