वाइसीएल इञ्चार्जमाथि अपरिचित व्यक्तिद्वारा आक्रमण
नेकपा माओवादीको जनवर्गीय सङ्गठन वाइसीएलका कनकासुन्दरी गाउँपालिकाका इन्चार्जमाथि मङ्सिर १५ गते साँझ आक्रमण भएको छ ।
कनकासुन्दरी गाउँपालिका–५ का ३५ वर्षीय मानसिंह वडमाथि सिंजा गाउँपालिका–२ घोडेङ्गा गाउँ नजिकै मोटरसाइकलमा आएका चार जना अपरिचित व्यक्तिले आक्रमण गरेको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
रडले प्रहार गर्दा टाउको र ढाडमा चोट लागेका घाइते वडको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको डाक्टर रमेश भट्टराईले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर यूवन चौधरीले घटनाका आरोपितको खोजि तथा अनुसन्धान गरिरहेको बताउनुभयो ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…
रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न
रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानस्थलमा १ हजार ५ सय २३ मतदाता रहेकोमा १ हजार…