वर्षौंदेखि खानेपानीको समस्या झेल्दै स्थानीय !
के आई सिंह गाउँपालिका–३ झिगाबस्ती गाउँका स्थानीय वर्षौँदेखि खानेपानीको समस्या झेल्दै बाध्य छन् । खानेपानीको व्यवस्था नहुँदा झिगाबस्ती गाउँका २ सय ५० घरपरिवार लामो समयदेखि कुँवा र खोलाको पानी पिउनु बाध्य छन् ।
एक गाग्री पानी भर्नका लागि घन्टौँ हिडेर पालो कुर्नु पर्ने भएकोले कहिले काही त दिनभरी पानीकै लागि लाइनमा बस्नु पर्ने बाध्यता रहेको स्थानीय सृजना बि.क.ले गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो– ‘बिहान उज्यालो नहुँदै घरबाट हिडेर जाने गरेका छौँ । पालो कुर्दा धेरै समय लाग्ने गर्छ । खानेपानीको समस्याले घरायसी काममा समेत असर पर्नेगरेको छ । कहिले त पानीकै लाईनका लागि समेत अफन्तहरुमा झगडा हुने गरेको छ ।’
घरघरमा धारा बनाए पनि पानीनै नआउने गरेका कारण स्थानीय व्यापारी र होटल व्यवसायीले समेत समस्या झेल्नु परेको स्थानीय कल्पना मल्लले गुनासो गर्नु भयो ।
चुनावको समयमा हरेक राजनीतिक दलका नेताहरुले खानेपानीको समस्या मुख्य एजेन्डा बनाउने गरेको भए पनि निर्वाचन सकिएपछि खानेपानीको मुद्दा सेलाउने गरेको स्थानीय इश्वरा नेपालीले गृुनासो गर्नु भयो ।
०४६ सालमा निर्माण गरिएको खानेपानी योजनाका इन्टेक, पाईप लगायतमा समस्या आएका कारण खानेपानीको समस्या चुलिएको बताउँदै समस्या समाधानका लागि प्रयास भइरहेको के.आई.सिं गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामबहादुर कुँवरले बताउनु भयो ।
खानेपानीको समस्या समाधान गर्न प्रदेश सरकारले १० लाख र गाउँपालिकाले १० लाख रुपियाँ बजेटको व्यवस्था गरीसकेको कारण खानेपानी समस्या समाधानका लागि छिट्टै काम हुनगइरहेको गाउँपालिकका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनु भयो ।
सुबास नेपाली
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…
शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमसहितको इन्सेकको टोलीसँग कुरा गर्दै मन्त्री लेखकले सो कुरा बताउनु…