वर्षा र बाढीले सबैभन्दा बढी क्षति बागमती प्रदेशमाः गृह मन्त्रालय
पछिल्लो २४ घण्टामा अविरल वर्षा र बाढीले ठूलो जनधनको क्षति पुर्याएको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा भएको छ ।
बाढी र पहिरोको प्रकोपबाट कोशी, बागमती र मधेस प्रदेशमा ६६ जनाले ज्यान गुमाएका, ६० जना घाइते भएका र ६९ जना बेपत्ता भएका गृह मन्त्रालयले असोज १२ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव ऋषिराम तिवारीले पत्रकार सम्मेलन मार्फत विभिन्न स्थानमा भएको क्षतिको विस्तृत जानकारी गराउनु भएको छ ।
बाढी पहिरोबाट काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको उहाँले बताउनु भएको छ । उपत्यकाभित्र काठमाडौँमा नौ जना, ललितपुरमा १८ जना र भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका छन् भने उपत्यकामा कूल ११ जना घाइते भएका छन् ।
उपत्यकाका तीन जिल्ला बाहेक बागमती प्रदेशमा २३ जनाको मृत्यु भएको छ, जहाँ ३५ जना घाइते र ४० जना बेपत्ता भएका छन् ।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति
कोशी प्रदेशमा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते र ८ जना बेपत्ता भएका छन् । मधेस प्रदेशमा एक जनाको मृत्यु, दुई जना घाइते र चार जना बेपत्ता भएका छन् ।
सुरक्षाकर्मीहरूले ३ हजार जनालाई उद्धार गरिसकेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काठमाडौँ, काभ्रे, सिन्धुली र मकवानपुरमा हेलिकोप्टरको माध्यमबाट उद्धार कार्य गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…