वर्षा र बाढीको कारण तीनको मृत्यु, जनजीवन कष्टकर
भारी वर्षा र बाढीको चपेटामा परी बालकसहित तीन जनाको मृत्यु भएको छ । साउन २६ गतेदेखि परेको अबिरल पानी र बाढीले छुट्टाछुट्टै दुई कच्ची घर भत्किँदा २८ गते २ जनाको मत्यु भएको छ । पचरौता गाउँपालिकाको बलधुसवामा जमुनी नदीमा आएको बाढीले बृद्धाश्रममा बसेका आदर्श कोतवाल गाउँपालिका ९ का ७० वर्षीय ब्रहमदेव महतोको मृत्यु भएको हो ।
सोही दिन सिम्रौनगढ नगरपालिका- ८ कचोर्वाका रामविलास पासवानको घर भत्किदा उनकी ४५ वर्षीया पत्नी गहनी देवी पासवानकी मृत्यु भएको हो । महागढीमाईस्थित पसाहा तथा भुतही खोलामा आएको बाढीमा डुबेर महागढीमाई नगरपालिका १ का नुरैन मियाँको १२ वर्षीय छोरा मैफुज मियाँको मृत्यु भएको छ । यी तिनै वटा घटनामा सात जनालाई प्रहरीले उद्धार गरेको छ ।
अविरल वर्षाले जमुनी, तियर, थलही, दुधौरा, बंगरी, पसाहा, अडुवा, लालबकैया लगायतका ठाउँका बासिन्दा परिवार उद्धार तथा राहतको लागि गुहार गरिरहेका छन् । उद्धारमा खटिएका प्रहरी उपरीक्षक राजकुमार वैद्यवारका अनुसार जिल्लाका २० हजार भन्दा बढी घरपरिवार राहतको प्रतीक्षामा छन् ।
लक्ष्मी सोनार
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…