वर्षाले फोक्सेका दलित बस्ती उच्च जोखिममा
निरन्तरको वर्षाले सर्केगाड गाउँपालिका-१, फोक्सेस्थित दलित बस्ती उच्च जोखिममा रहेको छ । ३० घरधुरी रहेको उक्त दलित बस्ती नै बाढी पहिरोको उच्च जोखिममा रहेको हो ।
वर्षाले गरेको क्षतिको ध्यानाकर्षण गर्न वडा कार्यालयमा दैनिक नारा लगाउँदा पनि स्थानीय तह अन्तर्गतका वडा कार्यालयका जनप्रतिनिधिले सुनुवाइ नगरेको स्थानीय झवला नेपालीले गुनासो गर्नुभयो । उक्त बस्ती वरिपरि बाढी पहिरो आएर गाउँ नै लाने सम्भावना छ । गाउँमा बस्न समेत कठिनाई भएको स्थानीय नेपालीले गुनासो गर्नु भएको हो । बाढी पहिरोका कारण गाउँ बस्ती उच्च जोखिममा रहेपछि यस क्षेत्रका नागरिक अहिले चिन्ता जनक रूपमा बस्दै आएका छन् ।
दैनिक वडा कार्यालयमा पुगेर स्थानीयले ध्यानार्कषण गराएपछि साउन २६ गते जनप्रतिनिधि र राजनीति दलका नेताहरूले उक्त बस्ती अनुगमन गरेको सर्केगाड गाउँपालिका-१ का वडाध्यक्ष बलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँको दायाँबायाँ तिर पहिरो खस्ने जोखिम रहेको र उक्त बस्तीका लागि स्थानीय सरकारले केही सोच्नु पर्ने भएको छ । तर वडाले अरु केही गर्न नसके पनि तत्काल ५० हजार रुपियाँ बराबरको बस्तीमा पुग्नको लागि बाटो निर्माण गर्ने र बस्ती विस्तारका लागि गाउँपालिकासँग समन्वय गर्ने अध्यक्ष कार्कीको भनाइ छ ।
नेपलाको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३७ मा आवासको हकको व्यवस्था गरिएको भए पनि फोक्सेमा अवस्थित दलित परिवारहरू ज्यान जोखिममा रहेर बस्न बाध्य भएका छन् ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
जिल्लामा स्क्रब टाइफस फैलिँदै
सल्यानमा पहिलो पटक स्क्रब टाइफस फैलिँएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि किट परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । भदौ…
धुलिखेल–खावा सडक नबन्दा सर्वसाधरणलाई सास्ती !
धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक सम्झौताको मिति सकिएको पाँच महिना बितिसक्दा पनि निर्माण नसकिएपछि अरनिको राजमार्ग हुँदै काभ्रेपलाञ्चोककै विभिन्न स्थानीय तह, सिन्धुपाल्चोक, दोलखा र रामेछाप लगायतका जिल्लामा यात्रा गर्ने…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल मखुण्डोल बस्ने ३५ वर्षीया शशीकला राईको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय भक्तिराज राईलाई भदौ २४ गते गिरफ्तार गरेको छ…
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…