वरिष्ठ साहित्यकार दीक्षितको निधनप्रति शोक व्यक्त
मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको पुस १४ गते बिहान निधन भएको छ । उनको निधनले नेपाली भाषा र साहित्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै इन्सेक, जवाफदेहिता निगरानी समितिलगायतका सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा पुस १४ गते जारी शोक वक्तव्यमा-'नेपाली भाषा र साहित्यमा दीक्षितले गर्नुभएको योगदानका कारण स्व. दीक्षित चिरकालसम्म नेपालीको मनमस्तिष्कमा रहनु हुनेछ ।' भनिएको छ ।
जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईंले दिक्षितको निधनबाट भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा क्षति पुगेको उल्लेख गरेका छन् ।
श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित ८७ वर्षीय दीक्षितको ललितपुरको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा पुस १४ गते बिहान २ः४५ बजे निधन भएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ ।
६ दर्जनभन्दा बढी पुस्तकको लेखन तथा सम्पादन गरिसकेको स्व. दीक्षितका दुई हजारभन्दा बढी फुट्कर कृति प्रकाशित भएका छन् । दीक्षितका दुई छोरा र एक छोरी छन् । (फोटो: हिमाल खबर डट कम)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…
इन्सेकको पहलमा अस्पतालमा रहेका बिरामीलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई स्वास्थ्य तथा सरसफाइका सामग्री सहयोग गरिएको छ । इन्सेकको पहलमा जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत ११ जना बिरामीलाई ०८१…