वयस्क थुनुवासँग बालक प्रहरी हिरासतमा
बाफीकोट गाउँपालिका-४ निवासी त्रिभुवन जनता मावि मुसिकोटमा कक्षा नौ मा अध्यनरत १५ वर्षीय बालक पूर्णजङ्ग खड्कालाई प्रहरीले वयस्क थुनुवासँग हिरासतमा राखेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भई निर्वाचन विथोल्न खोजेको आरोपमा खड्कालाई वैशाख १८ गते प्रहरीले आठविसकोट नपा-१ बाट गिरफ्तार गरेको थियो । बालकलाई सार्वजनिक अपराधको मुद्दा लगाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको प्रहरीले जनाएको छ ।
चुनाव विथोल्नका लागि कम्युनिष्ट पार्टीमा आबद्ध भएकाले मुद्दा प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी अङ्गुर जिसीले बताए । बालकलाई राख्ने अन्य ठाउँ नभएको हुँदा वयस्क थुनुवासँगै राखिएको डिएसपी जिसीको भनाइ छ ।
बालबालिका ऐन २०४८ अनुसार १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई वयस्कसँग थुन्न नपाउने र अभिभावकको जिम्मा लगाउनु पर्ने उल्लेख भएपनि पूर्णजङ्गलाई प्रहरीले वयस्क थुनुवासँग राखेको छ ।
पूर्णजङ्गको रिहाईका लागि पहल गरिदिन पीडितका बाबु चन्द्रबहादुर खड्काले इन्सेकलाई अनुरोध गरेका छन् । छोरासँगै गिरफ्तार परेका चन्द्रबहादुरले आफ्नो छोराको जन्म ०५८ फागुन २२ गते भएको बताए । छोरालाई प्रहरीले गैरकानुनी गिरफ्तार गरी बाल अधिकार हनन् गरेको खड्काले आरोप लगाए ।
प्रहरीले चुनाव विथोल्ने गतिविधि गरेको आरोपमा कम्युनिष्ट पार्टीका २५ जनालाई वैशाख १८ गते आठविसकोट नपा-१ बाट गिरफ्तार गरेको थियो । गिरफ्तार गरेका मध्ये १९ जनालाई सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ भने अन्यलाई रिहा गरेको प्रहरीले जनाएको छ ।
आदर्श केसी
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…