वडा सदस्यको मृत्युपछि निर्वाचनको नयाँ मिति तय
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं १२ को निर्वाचन आगामी जेठ ३ गतेका लागि तोकिएको राससले जनाएको छ ।
वैशाख २८ गते धुलिखेल नगरपालिका- १२ का वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङको मृत्यु भएपछि निर्वाचन आयोगको निर्देशानुसार सो मिति तोकिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिंखडाले जानकारी दिए ।
सो वडाको निर्वाचन सम्पन्न भएपछि मात्रै धुलिखेल नगरपालिकाको मतगणना हुने उनले जानकारी दिए । काभ्रेपलाञ्चोकका जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले सो वडामा सदस्य पदका लागि मात्रै वैशाख २९ गते मनोनयन निश्चत भएको जानकारी दिए । सो वडामा तीन मतदान केन्द्र छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका–४ का ५५ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते यौन…
रास्वपाका कार्यकर्ताद्वारा पत्रकार कुटपिट : पत्रकार सम्बद्ध संस्थाद्वारा विरोध
रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरण लगायतका आरोपमा भइरहेको अनुसन्धानको विरोधमा उत्रिएका रास्वपाका कार्यकर्ताले समाचार सङ्कलन गर्न पुगेका नेपाल पत्रकार महासङ्घका सदस्य तथा…
अदालत परिसरबाट एक बन्दी फरार, खोजी कार्य जारी
नुवाकोट जिल्ला ककनी गाउँपालिका–६ का ३६ वर्षीय बुद्धि भनिने अमरबहादुर लामा दिउँसो साढे १२ बजेतिर कारागारबाट भागेको कारागार प्रशासनले जनाएको छ । लामा रसुवा जिल्ला अदालतमा तारेख लिन जाने क्रममा…
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै !
बर्दिया अस्पताल, गुलरियामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै गएको पाइएको छ । एकद्वार सङ्कट व्यवस्थापन केन्द (ओसिएमसी) बाट बलात्कार, यौन दुर्व्यवहार, शारीरिक यातना,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…