वडा सदस्यका उम्मेदवारको मृत्यु, उम्मेदवारीमा मृतककी पत्नीको नाम दर्ता

  ०७९ वैशाख २५ गते

कपिलवस्तु नगरपालिका– १० का वडा सदस्यका उम्मेदवार ३७ वर्षीय राजेन्द्र थारु चौधरीको उपचारको क्रममा वैशाख २४ गते भैरहवा मेडिकल कलेजमा मृत्यु भएको छ ।

मृत्यु पछि उनकी पत्नी ३६ वर्षीया निर्मला चौधरी थारुलाई वडा सदस्यका पदकालागि वैशाख २५ गते मनोनयन दर्ता गरिएको छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट खुला तर्फ वडा सदस्यको उम्मेदवार बनेका चौधमनोारी वैशाख १९ गते घरदैलो अभियान सके पछि राति अचानक भएका थिए । उनलाई उपचारकालागि भैरहवास्थित युनिभर्सल मेडीकल कलेजमा लगिएको थियो ।

मृत्यु भएको बिषयमा निर्वाचन आयोगमा वैशाख २४ गते जानकारी गराइएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताउनु भयो  ।

निर्वाचन आयोगको आदेश पछि उक्त पार्टीलाई वडा सदस्य पदमा उम्मेदवारी दिनकालागि दिइएको समय अनुसार पार्टीले मृतककी पत्नीको नाम दर्ता गराएको  मुख्य निर्वाचन अधिकृत शर्माले बताउनु भयो ।


पार्वती आचार्य