वडा सचिव नहुँदा दैनिक कामकाजमा समस्या
जन्तेढुङ्गा गाउँपालिकाका सबै वडामा वडा सचिव नहुँदा दैनिक कामकाज सञ्चालन गर्न समस्या भएको छ ।
६ ओटा वडा रहेको गाउँपालिकामा कार्यरत सबै सचिव सरूवा भएर अन्यत्र गएपछि गाउँपालिका नै सचिवविहीन भएको हो ।
जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङमा कार्यरत एक मात्र वडा सचिव शम्भु आचार्य सोलुखुम्बु सरूवा भएपछि सिङ्गो गाउँपालिका सचिवविहिन बन्न पुगेको हो ।
त्यस्तै, जन्तेढुङ्गा गाउँपालिका-३ काहुलेका वडा सचिव मेघराज आचार्य अन्यत्र सरूवा भएपछि दिप्लुङमा मात्र वडासचिव बाँकी रहेका थिए । वडा सचिव नहुँदा चिसापानी, दिप्लुङ र देवीस्थानको वडा सचिवकको काम प्राविधिक भीम कार्कीमार्फत सञ्चालन भइरहेको गाउँपालिका प्रमुख शङ्कर राईले बताए ।
बोपुङ र डम्बर्खुशिवालयको वडा सचिवको काम कार्यालय सहायक कृष्ण कट्वालमार्फत भइरहेको छ । 'वडा सचिव छैनन् । सेवाका लागि आएका जनताको काम रोक्नु पनि भएन ।'-गाउँपालिका प्रमुख भूपेन्द्र राईले भने-'सचिव नभएपछि कुनै वडाको काम प्राविधिक र कार्यालय सहयोगी कै भरमा सञ्चालन गरिरहेका छौँ ।'
काहुलेमा कुनै पनि कर्मचारी छैनन् । गाउँपालिकका अनुसार देवीस्थान, बोपुङको काम गर्दै आएका सचिव ढुण्डीराज दुलाल काठमाडौँ र डम्बर्खु शिवालयमा कार्यरत लक्ष्मी फुँयाल सुनसरी सरूवा भएका छन् ।
यस्तै, बराहापोखरी गाउँपालिकाका ६ ओटै वडामध्ये ५ ओटा वडामा सचिव छैनन् । बराहापोखरी गाउँपालिका-४ फाक्टाङ बाहेकका वडामा वडा सचिव नभएको जिसस खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।
बराहापोखरी गाउँपालिकाको सुन्तले, साउनेचौर, खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरी वडामा वडा सचिव छैनन् । जिल्ला समन्वय समितिका अनुसार खोटेहाङ गाउँपालिका नौमध्ये तीन वडा सचिवविहिन छन् । खोटेहाङ गाउँपालिका-३ सावाकटहरे, खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरी र खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीमा वडा सचिव छैनन् ।
त्यस्तै दिप्रुङ गाउँपालिका-२ डाडागाउँ र ५ सछितापोखरी पनि वडा सचिवविहीन बनेको छ । ऐंसेलुखर्क गाउँपालिका-७ माक्पा र केपीलासगढी गाउँपालिका-२ खार्ताम्छा पनि सचिव छैनन् ।
कार्यरत वडा सचिव सरूवा भए पनि ऐंसेलुखर्क गाउँपालिका माक्पामा अर्को कर्मचारी आएको छैन । कार्यरत सचिव मनोज खतिवडा सरूवा भएको लामो समय बित्दासमेत डाडाँगाउँमा अर्को सचिव आउन नसकेको दिप्रुङ गाउँपालिकाले जनाएको छ ।
जनप्रतिनिधिको कडाईका कारण पनि कतिपय सरूवा मिलाउँदै अनुकूल कार्यालयमा जान थालेका छन् । वडामा आफूखुसी चल्ने वातावरण बन्द भएकाले सचिवले काम गर्न अप्ठेरो मान्ने गरेको दिपु्रङ गाउँपालिकका प्रमुख भूपेन्द्र राईले बताए ।
'परिषद र सामाजिक सुरक्षा भत्ता बाँड्नका लागि मात्र गाउँ पुग्ने सचिवलाई वडामै बसेर काम गर्न अप्ठेरो महसुस भएको छ ।'-प्रमुख राईले भने ।
सुनिता मगर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…