वडा सचिवमाथि कुटपिट, घटनाको विरोधमा कर्मचारीद्वारा कार्यालयको काम ठप्प
नौकुण्ड गाउँपालिकामा कार्यरत वडा सचिव ४३ वर्षीय राजु श्रेष्ठलाई नौकुण्ड गाउँपालिका-३ का २६ वर्षीय गणेशमान घले र सोही ठाउँका २९ वर्षीय सूर्यराना तामाङले असार २३ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
असार २३ गते साँझ मदिरा सेवन गरी कार्यालय परिसरमै आएर श्रेष्ठमाथि कुटपिट गरेको भन्दै घटनाको विरोधमा असार २४ गतेदेखि कर्मचारीले गाउँपालिका कार्यालय बन्द गरेका छन् ।
यसरी कार्यालयमा कार्यरत कर्मचारीहरूलाई धम्की दिँदै कुटपिट गर्ने अपशब्द प्रयोग गर्ने दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारवाही नगरेसम्म र कर्मचारीलाई सुरक्षाको प्रत्याभूति नभएसम्म कार्यालयको कामकाज ठप्प हुने नौकुण्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकहरि थापाले असार २४ गते एक विज्ञप्तिमार्फत जानकारी दिए ।
असार अन्तको समयमा आएर कार्यालयको कामकाज यसरी ठप्प हुँदा धेरै काम प्रभावित भएको उनको भनाई छ ।
कुटपिटबाट घाइते भएका श्रेष्ठको असार २३ गते स्थानीय पार्च्याङ स्वास्थ्य संस्थामा उपचार गरिएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी गराए ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…