वडा कार्यालय तोडफोड, घटनाका आरोपित गिरफ्तार
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको वडा कार्यालय चैत २१ गते तोडफोड भएको छ ।
तोडफोड घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका २७ वर्षीय भूपेन्द्र राई, २२ वर्षीय निशान राई, २१ वर्षीय देवराज राई र २२ वर्षीय विशााल राईलाई चैत २२ गते गिरफ्तार गरेको छ ।
चैत २१ गते राति वडा कार्यालय तोडफोड भएको सूचना हलेसी तुवाचुङ नगरपालिका–३ का वडाध्यक्ष भोलाराज राईले दिएपछि आरोपितलाई चैत २२ गते अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सागर शाहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
तोडफोडबाट ५० हजार रुपियाँ बराबरको क्षति भएको वडाध्यक्ष राईको भनाइ छ ।
तोडफोडबाट कार्यालयका कुर्सी, आयुर्वेदिक औषधि राख्ने र्याकमा क्षति पुगेको वडाध्यक्ष राईले बताउनु भयो ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा स्थानीय तहका कार्यालयमा तोडफोड भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश लम्सालले बताउनु भएको छ ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…