वडा कार्यालयमा तालाबन्दी गर्दा सेवाग्राही मर्कामा
छायाँनाथ रारा नगरपालिका भित्रका १४ वडाका वडा अध्यक्षले वडा कार्यालयको व्यवस्थापन, मसलन्दलगायत सेवा सुविधाको रकम अहिलेसम्म निकासा नदिएको भन्दै वडा कार्यालय अनिश्चितका लागी तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।
छायाँनाथ रारा नगरपालिका भित्रका १४ वडाका वडा अध्यक्षहरूले पहिलो चौमासिकको पाउने सेवा सुविधादेखि घर भाडा, बिजुली, सञ्चार, मसलन्द खर्च अहिलेसम्म पनि नगरपालिकाले निकासा नदिएपछि रकम अभावकै कारण दैनिक कार्य सञ्चालन गर्न बाधा पुगेको भन्दै असोज १८ गतेदेखि अनिश्चितकालका लागि नगरपालिकाका १४ वटै वडा कार्यालय तालाबन्दी गरेका छन् ।
तालाबन्दीका कारण वडाबाट प्रवाह हुने सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
नगरपालिकाको तेस्रो नगर परिषदले १४ वटै वडा कार्यालय व्यवस्थापनका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।
विनियोजित बजेट वडा कार्यालयलाई निकासा नदिँदा वडा कार्यालयको दैनिक कार्य सञ्चालन गर्न बजेट अभाव भएकाले वडा कार्यालय बन्द गर्नु परेको २ नम्बर वडाका अध्यक्ष परेक चौलागाईले बताए ।
सिंह दरबारको अधिकार वडामा पुगेको भनिएपनि सेवाग्राहीको काम काजका लागि एक पन्ना सेतो कागज र डटपेन माग्नलाई नगरपालिका पुग्नु पर्ने भएकाले कार्यालय बन्द गरेको वडाध्यक्षहरूले जनाएका छन् ।
प्रदेश सरकारले स्थानीय तहका जन प्रतिनधिहरूको सेवा सुविधाबारे राजपत्रमा प्रकाशित गरिसकेको छ । ‘सपथ लिएको मितिदेखि अहिलेसम्मको सेवा सुविधा पनि पाएका छैनौँ । सेवा सुविधा पाएको भएपनि कार्यालयको सानो तिनो व्यवस्थापन आप्mनै खर्चमा गर्न सकिने थियो ।’–वडा नम्बर ४ का अध्यक्ष विष्णुकुमार भामले भने ।
दैनिक कार्य सञ्चालनका लागि घर भाडा, बिजुली र मसलन्द खर्चका लागि विल अनुसार भुक्तानी दिने भनी सबै वडाका अध्यक्षलाई जानकारी गराइसकेको नगरपालिकाका मेयर हरिजङ्ग शाहीले बताए ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…