वडा अध्याक्षद्वारा गाउँपालिकाका अधिकृतलाई धम्की
सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीलाई सोही गाउँपालिका–१ दोजामका वडा अध्यक्ष ताराबहादुर लामाले धम्की दिएको पीडितले आरोप लगाएका छन् ।
घटनाक्रम अनुसार सिमकोट गाउँपालिकामा एक जना अनमीको कोटा पुर्तिका लागि वैशाख २७ गते सूचना निकाले अनुसार जेठ १५ गते तीन जना परिक्षार्थीहरूले परीक्षा दिएका थिए ।
नतिजा सोही दिन प्रकाशन गरेकाले वडा अध्यक्षद्वारा गाउँपालिकाको कार्यविधि विपरीत भएको भन्दै र आफ्नो पक्षको व्यक्तिलाई पास गरी नाम निकालेको आरोपमा कार्यकारी अधिकृत दर्जीलाई ‘तँ डुम जातीको मान्छे होस् तेरो जागीर फाल्दिन्छु’ भन्दै धम्की दिएको अधिकृत दर्जीले आरोप लगाए ।
‘अध्यक्ष लामाले आफ्नी बुहारीको नाम निकाल्न खोजेका थिए, तर उनकी बुहारीको नाम ननिक्लँदा आफूमाथि खनिएको हो ।’–दर्जीले भने ।
आफूलाई धम्की समेत आएको भन्दै जीवन सुरक्षाको माग गर्दै अधिकृत दर्जीले जेठ १७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको भएता पनि प्रशासनले उजुरी नै नसमातेको दर्जीले आरोप लगाए ।
यसैका बारेमा जिल्ला प्रशासन कार्यालयमा बुझ्दा प्रमुख जिल्ला अधिकारी धोलकप्रसाद ढकालले भने–‘यो घटना सामान्य हो । दुवै पक्षको एक अर्कामा गलत भएको देखिएन ।’
उजुरी पश्चात दुवै पक्षलाई मौखिक मिलापत्र गराइएको प्रजिअ ढकालले भनेता पनि अधिकृत दर्जीले मिलापत्र नभएको र आफूले न्याए नपाएको बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…