वडा अध्यक्षलाई कुटपिट गरी घाइते बनाएको आरोपमा पाँचजना गिरफ्तार
जुगल गाउँपालिका–५ का वडा अध्यक्ष सनतकुमार अधिकारीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा सोहि ठाउँका पाँचजनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितहरुले ०७६ माघ २० गते चनौटे स्थित श्री रत्नराज्य माविको वार्षिक उत्सव कार्यक्रम सकेर सोहि विद्यालयको क्यान्टीनमा खाजा खानलाग्दा कुटपिट गरी घाइते बनाएको पीडितपक्षले बताएका छन् । घाइते वडा अध्यक्षको भक्तपुर स्थित ठिमिको अस्पतालमा उपचार भइरहेको वडा सचिव रामचन्द्र घिमिरेले बताउनुभयो ।
आरोपितहरु बिरुद्ध ०७६ माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा घाइते वडा अध्यक्षको तर्फबाट भाइ सन्तोष अधिकारीले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो । घाइते वडा अध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित हुन् भने कुटपिट गर्नेपक्ष नेकपाका गाउँस्तरिय कार्यकर्ता भएको वडा सचिव रामचन्द्र घिमिरेले बताउनुभयो । राजनीति प्रतिशोधका आधारमा कुटपिट गरेको घाइतेका भाई सन्तोष अधिकारीको दावि छ ।
प्रहरीले जुगल गाउँपालिका–५ का १९ वर्षीय सुरेश आलेमगर, सोहि ठाउँका २१ वर्षीय समुन्द्र श्रेष्ठ, २० वर्षीय रत्नबहादुर मगर, २१ वर्षीय सुभाष मगर र २० वर्षीय कमल थापा मगरलाई ०७६ माघ २१ गते सोहि वडा स्थित घ्यादुङबाट गिरफ्तार गरेको हो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
बाढी पहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनहरुले तोकिएको मूल्य भन्दा बढी भाडा लिएको जस्ता सूचनाहरु सञ्चार माध्यम लगायत विभिन्न सामाजिक सञ्जालमा प्रकाशन भइरहेकोमा राष्ट्रिय मानव अधिकार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई असोज १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले असोज १७ गते ३४ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा…
बेनिघाटका १० र गजुरीका १३ विद्यायमा पहिरोले क्षति
लगातारको वर्षा र त्यपछिको पहिरोले बेनिघाटरोराङ र गजुरी गाउँपालिकाका २३ विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ । असोज १०, ११, र १२ गतेको वर्षाले विद्यालयमा समेत पहिरो आएका कारण १० विद्यालयलाई…
वैवाहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा निजका ३२ वर्षीय पतिविरुद्ध पीडितले ०८१ असोज १७ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिनुभएको छ। आरोपित पतिले ०८१ साउन २५ गते आफूलाई बलात्कार गरेको भन्दै…
सरकारद्वारा कोशी प्रदेशका ६ ओटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुनजन्य विपद्का कारण असोज १८ गतेसम्म भएको क्षतिलाई मूल्याङ्कन गरी सङ्घीय सरकारले कोशी प्रदेशका ६ ओटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा…