वडा अध्यक्षलाई कुटपिट गरेको आरोपमा एक जना गिरफ्तार

रामनगर गाउँपालिका–४ बहोअर्वाका वडाध्यक्ष रामनरेश महतोलाई कुटपिट गरेको आरोपमा उपेन्द्र राय यादवलाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ ।

घरबाट वडा कार्यलय गइरहेका वडाध्यक्ष महतोलाई बिच बाटोमा कात्तिक १२ गते यादवलगायत १५÷१६ जनाले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

कुटपिटबाट घाइते भएका वडा अध्यक्ष महतोको टाउको, गोडा, डाढमा चोट लागेकोले अहिले पनि उनको उपचार जिल्ला अस्पताल मलङ्गवामा भइरहेको छ ।

घटनापश्चात फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यलय मलङ्गवाबाट खटिएको इन्स्पेक्टर सन्तुलालप्रसाद जैसवाल नेतृत्वको टोलीले नेपाल भारतको सीमामा पर्ने रौतहट जिल्ला गौर नपा–२ बाट गिरफ्तार गरेको हो ।

गिरफ्तारीमा परेका यादव कात्तिक १३ गतेको बहोअर्वामा घटेको गोली काण्डमा पनि संलग्न रहेको प्रहरीको आरोप छ । घटनामा सङ्लग्न अन्य आरोपितहरूको खोजी कार्य भइरहेको इन्स्पेक्टर जैसवालले बताए ।


पचुलाल माझी