वडा अध्यक्षमा पराजित भएपछि असहयोग गरेको आरोपमा महिला माथि कुटपिट
शिवराज नगरपालिका–१ की ३५ वर्षीया आशा थारुलाई आफूलाई असयोग गरेको भन्दै राप्रपा तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार शिवराज नगरपालिका –१ का ३० वर्षीय राहुल थारुले वैशाख ३१ गते राती कुटपिट गरेका छन् ।
निर्वाचनमा पराजित भएपछि नेकपा एमालेलाई जिताउन समर्थन गरेको भन्दै कुटपिट गर्दा टाउको, आँखा लगायत शरिरका विभिन्न भागमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेशी शाहले बताउनु भयो ।
निर्वाचनमा आफू पराजित भएपछि पीडित महिलाले एमालेलाई जिताउन समर्थन जनाएको भन्दै कुटपिट गरेको पीडित पक्षले बताएका छन् ।
पीडितलाई चन्द्रौटा सञ्जिवनी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि मेडिसिटी अस्पताल बुटवलमा उपचार पछि जेठ १ गते घर फर्किनु भएको छ ।
पीडित पक्षले आरोपित विरूद्ध जेठ १ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका छन् । आरोपित फरार रहेको र खोजी भइरहेको डिएसपी शाहले बताउनु भयो ।
पार्वती आचार्य
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…