वडा अध्यक्षमाथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी
बरेङ गाउँपालिका–३ का वडाध्यक्ष ५१ वर्षीय शेरबहादुर खनालमाथि सोही ठाउँका ४२ वर्षीय मनबहादुर पुनले आक्रमण गरेको भन्दै प्रहरी चौकी बाटाकाचौरमा उजुरी परेको छ ।
भदौ १४ गते बाटाकाचौरमा राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलनको क्रममा मनबहादुरले वडाध्यक्ष खनालमाथि आक्रमण गरेको भन्दै भदौ १५ गते उजुरी परेको हो ।
बाटाकाचौरको शारदा माध्यमिक विद्यालयमा परिचयपत्र विवरण सङ्कलनमा खटिएको क्रममा मनबहादुरले आवश्यक कागजात नलिइकन आएको र आफुले सोधपुछ गर्दा कक्षाकोठाको ढोकामा लात्तिले हान्दा उछिट्टिएर वडाध्यक्ष खनाललाई चोट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले बताउनु भयो ।
घाइते खनालको उपचार धौलागिरी अस्पताल बागलुङमा गरिएको छ । उहाँको दाहिने कान, हात र गोडामा चोट लागेको छ ।
वडाध्यक्ष खनालले निस्वार्थ नागरिकको सेवा गर्दैगर्दा आक्रमण भएको भन्दै आफ्नो जीउ ज्यानको सुरक्षाको माग गर्नुभएको छ । आरोपित पुनको खोजी भइरहेको डिएसपी रानाले बताउनु भयो ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
ठेकेदारको लापरवाहीले निर्माणाधिन अस्पताल अलपत्र, स्थानीयलाई सास्ती
जिल्लाकै सबैभन्दा विकट मानिने तमानखोला गाउँपालिकाका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउँने उद्देश्यले ०७७ सालमा निर्माण सुरू गरिएको पालिकास्तरीय अस्पताल ठेकेदारको लापरवाहीका कारण अलपत्र बनेको छ । समयमै अस्पताल निर्माण कार्य…
श्रीमानको कुटाइबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु
श्रीमानको कुटपिटबाट घाइते पुतलीबजार नगरपालिका– १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा नर्भिक अस्पताल काठमाण्डौँमा ०७९ चैत ८ गते मृत्यु भएको छ । ०७९ माघ २२ गते राती श्रीमान लक्ष्मीप्रसाद…
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…