वडा अध्यक्षद्वारा सुरक्षाको माग
खत्याड गाउँपालिका-८ का नवनिर्वाचित वडाध्यक्ष रामबहादुर रावतले प्रहरी चौकी सुकाढिकमा असार १० गते सुरक्षाको माग गरेका छन् । अज्ञात व्यक्तिको समूहले असार ९ गते राति मार्ने धम्की दिएको भन्दै उनले प्रहरी समक्ष सुरक्षाको माग गरेका हुन ।
वडा कार्यालयको भवन भाडामा लिई कार्यालय सञ्चालन गरेका रावतलाई सोही भवनमा सुतिरहेको अवस्थामा दुई जनाको सङ्ख्यामा आएका व्यक्तिले मार्ने धम्की दिएको अध्यक्ष रावतले बताए ।
अध्यक्ष रावत भन्छन-'राति सुतिरहेको समयमा आएका व्यक्तिले ढोका खोल्न भनेको र ढोका नखोलेपछि फलामे छड राखेको झ्याल फुटाउने प्रयास गरे ।' झ्याल फुटाउन नसकेपछि मार्ने धम्की दिएको रातवले जानकारी दिए । धम्कीपछि असुरक्षाका कारण आफू रातभर खाटमुनी सुतेको रावतले बताए ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका डिएसपी शारदाप्रसाद चौधरीले प्रहरी चौकी सुकाढिकमा निवेदन आएको बताउँदै यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।
अध्यक्ष रावत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट वडा नम्बर ८ को अध्यक्ष पदमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि वडाको काम काज साविकको सुकाढिक गाविस भवनमा हुँदै आएपनि असार ९ गतेबाट निजी घर भाडामा लिएर कार्यालय सञ्चालन गरेका थिए ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…