वडा अध्यक्षद्वारा सचिवलाई कुटपिट, घटनाको विरोधमा कर्मचारीहरू आन्दोलनमा
देवघाट गाउँपालिका-४ का अध्यक्ष पदमबहादुर गुरूङले मदिरा सेवन गरी कार्यालय समयमै वडा सचिव भोजनारयण श्रेष्ठलाई कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
चैत १३ गते पौने पाँच बजे अत्याधिक मदीरा सेवन गरी कार्यालय आएका वडा अध्यक्ष गुरूङले कार्यालयको काम गरेर बसिरहेका सचिव श्रेष्ठलाई कार्यालय बाहिर बोलाई एक्कासी कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
वडा अध्यक्षले एक्कासी आफूमाथि कुटपिट गर्न थालेपछि स्थानीयबासिन्दाले अध्यक्षलाई रोकेको मौकामा भागेर ज्यान जोगाएको सचिव श्रेष्ठले बताए । 'म कार्यालय भित्रै काम गरिरहेको थिएँ । अध्यक्ष रक्सीले मातेर कार्यालयमा आई मलाई बाहिर बोलाएर एक्कासी लछारपछार गर्न थाले ।'
सचिव श्रेष्ठले भने-'गाउँलेहरूले नसमातेको भए मलाई जे पनि हुन सक्थ्यो ।' ४०/५० जना गाउँलेहरूले अध्यक्षलाई समाएर आफूलाई भगाएको सचिव श्रेष्ठले बताए । वडा अध्यक्ष गुरूङले यस अघि पनि दुर्व्यवहार गरेको उनले बताए ।
वडा अध्यक्ष गुरूङले भने कुटपिट नगरेको बताएका छन् । आफू गाउँ जाँदा गाउँलेहरूले भुकम्पले भत्किएको घर बनाउन चाहिने कागजपत्रको बारेमा सोधेपछि त्यसबारेमा सचिवसँग फोनमा बुझ्न खोज्दा सचिवले फोन नउठाएको र गाउँबाट फर्केर वडा कार्यालयमा आई किन फोन नउठाएको भनेर सोधपुछ गर्दा सचिव झर्किएको अध्यक्ष गुरूङले आरोप लगाए । सो क्रममा भनाभन हुँदा दुई जनाबिच सामान्य धकेलाधकेल भने भएको अध्यक्ष गुरूङको भनाई छ ।
देवघाट गाउँपालिकाका कर्मचारीहरू वडा सचिव माथिको आक्रमणले काम गर्ने कुनै वातावरण नभएको भन्दै चैत १४ गते बुधबार गाउँपालिको काम ठप्प पारी धर्नामा बसेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी 'गुण्डागर्दीको शैलीमा प्रस्तुत हुने वडा अध्यक्षलाई कारवाही नभएसम्म गाउँपालिकाको सम्पुर्ण कामकाज ठप्प पार्ने' बताएका छन् । साथै कर्मचारीहरूले सुरक्षाको प्रत्याभूतीको माग समेत गरेका छन् ।
यसैबिच देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले वडा अध्यक्षबाट गल्ती भएको हुँदा जुन ठाउँमा घटना भएको सोही ठाउँमा आम भेला राखी सचिवसँग माफी माग्नु पर्ने बताएका छन् ।
सबै जनताले उक्त घटना प्रत्यक्ष रूपमा देखेको हुँदा जनताकै अगाडि वडा अध्यक्षले सचिवसँग माफी माग्नुपर्ने गाउँपालिका अध्यक्ष थापाको भनाई छ ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…