वडा अध्यक्षद्वारा विद्यालय परिसरमै शिक्षकमाथि कुटपिट
मालिका गाउँपालिका–७ का वडा अध्यक्ष हिराबहादुर कार्कीले विद्यालय परिसरमै देविस्थान माविका शिक्षक ३१ वर्षीय यमलाल पन्थीलाई भदौ १८ गते कुटपिट गरेका छन् ।
शिक्षक पन्थीकी पत्नी जानकी पाण्डेयको सरूवाको बिषयलाई लिएर पन्थी र वडा अध्यक्ष कार्कीबिच विवाद भएको थियो ।
विवादकै क्रममा वडा अध्यक्ष कार्कीले शिक्षकलाई विद्यालय परिसरमै कुटपिट गरेका हुन् । पीडित पन्थीले सानो बच्चाकी आमालाई पुर्वाग्रह राखेर सरूवा गरेको बिषयलाई मैले गुनासो गर्दा उल्टै कुटपिट भएको गुनासो गर्नुभयो ।
घाइते पन्थीको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । कुटपिटपछि टाँउको दुखेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि सिटीस्क्यान गर्न पाल्पा जान थालेको पन्थीले बताउनु भयो । वडा अध्यक्ष हिराबहादुर कार्कीले आफूलाई थुक्ने र गाली गलौज गर्ने गरेपछि हातपात गरेको स्वीकार गर्नु भयो ।
कार्कीले आफू विद्यालयमा सङ्ंरचना निर्माणको काम भइरहेकाले निरीक्षण गर्न गएको बेला शिक्षकले तथानाम अपशब्द प्रयोग गरेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी नविनकिशोर प्रधानले दुबै व्यक्ति सार्बजनिक पद धारण गरेका भएकाले विद्यालयमार्फत सहजीकरण गर्ने प्रयास भइरहेको बताउनु भयो ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…