वडा अध्यक्षद्वारा मतदान केन्द्रमा वितरण गर्न राखिएका मतदाता परिचय पत्र कब्जा
तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटमा रहेको मतदान केन्द्रमा वितरणका लागि राखिएका मतदाता परिचय पत्र वैशाख २८ गते दिउँसो सोही वडाका वडा अध्यक्षले कब्जामा लिएर फरार भएका छन् ।
मतदान केन्द्रमा वितरणका लागि लगिएका १ सय २५ ओटा मतदाता परिचय पत्र बोकेर वडा अध्यक्ष महेश काफ्लेले फरार भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएसपी गंगा पौडेलले जानकारी दिनुभयो ।
मतदाता परिचयपत्र बोकेर मतदान केन्द्रबाट तीव्र गतिमा दौडिएका काफ्लेले मतदान केन्द्र भन्दा केही पर तयारी अवस्थामा राखिएको स्कोरपियो प्रयोग गरेर भागेका थिए ।
प्रहरीले पछ्याउन थालेपछि काफ्लेले आफ्ना सहयोगीलाई मतदाता परिचयपत्र छोडेर भागेका र उनका सहयोगीले ती परिचयपत्र प्रहरीलाई बुझाएका छन् ।
वडा अध्यक्षबाटै मतदाता परिचयपत्र असुरक्षित होला भन्ने प्रहरीले अनुमान समेत नगरेको प्रमुख पौडेलको भनाई छ ।
काफ्ले स्थानीय निर्वाचन २०७४ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिई निर्वाचित भएका थिए ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…
कर्णालीका ५५ प्रतिशत बालबालिकामा कुपोषण
नेपालको संविधानको धारा ३८ र धारा ३९ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावले जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हकको अधिकार भएको उल्लेख गरिए पनि कर्णालीमा गरिबीकै कारण ज्यान गएको पाइन्छ ।…