वडा अध्यक्षका उम्मेदवारको मृत्यु पछि निर्वाचन कार्यक्रम स्थगित

  ०७९ वैशाख १८ गते

बुद्धभूमि नगरपालिका–८ का वडा अध्यक्षका उम्मेदवार ४१ वर्षीय ओमप्रकाश तिवारीको वैशाख १६ गते मृत्यु भएपछि बुद्धभूमि नगरपालिकामा स्थानीय तह निर्वाचन स्थगित भएको मुख्य निर्वाचन कार्यालयका अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जानकारी दिनु भयो ।

नेकपम एमालेबाट वडा अध्यक्षका उम्मेदवार तिवारीको मृत्यु भएकोले नमेमिनेशनदेखि हालसम्म गर्दै आएको निर्वाचनका कार्यक्रम स्थगित गरिएको छ ।

निर्वाचन कार्यालयबाट अर्को सुचना नआउञ्जेलसम्म उक्त स्थानिय तहको सबै कार्यहरू स्थगित भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थीले जानकारी दिनु भयो ।


पार्वती आचार्य