वडा अध्यक्षका उम्मेदवारद्वारा प्रशासनसँग सुरक्षाको माग
राजपुर गाउँपालिका-७ का माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार ३४ वर्षीय भिम वलीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेका छन् ।
पीडित वलीलाई जेठ ३० गते राष्ट्रिय अनुसन्धान प्रहरीका असई ३७ वर्षीय लालबहादुर खड्काले उम्मेदवारी फिर्ता नलिए मार्ने धम्की दिएको भन्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालयमा जेठ ३१ गते सुरक्षाको व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् ।
नेपाली काङ्ग्रेसको तर्फबाट राजपुर गाउँपालिका-७ नम्वर वडाका अध्यक्षका उम्मेदवार भिमबहादुर खड्काका छोरा लालवीरले आफ्नो बुवाको प्रचारका क्रममा प्रयोग गरेका ९८५८०२५९२३ र ९८४७८०७८५५ नम्वरको फोन र म्यासेजमा उम्मेदवारी फिर्ता नलिए मार्ने धम्की दिएको पीडितले बताए ।
राष्ट्रसेवक कर्मचारी खड्काले कुनै दलका उम्मेदवारको गाउँगाउँमा गएर प्रचार गरेको भिडियो सार्वजनिक भएपछि उनले भिमबहादुरलाई उम्मेदवार फिर्ता लिन भन्दै धम्क्याउन थालेको पीडितले बताए ।
प्रशासनले घटनाको अनुसन्धान सुरू गरिएको बताएको छ । नेकपा माओवादी राजपुर चुनाव परिचालन समितिकी संयोजक लीला शर्माले जेठ ३१ गते विज्ञप्ति प्रकाशित गर्दै उम्मेदवारमाथि आएको धम्कीको भत्सर्ना गर्दै दोषीलाई कारबाहीको माग गरेकी छन् ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…