वडासदस्यले जातीय विभेद गरेको आरोपमा उजुरी

भरतपुर महानगरपालिका–१७ का वडासदस्य राजकुमार तामाङले जातीय विभेद हुने गरी गाली गलौज गर्नुका साथै कुटपिटसमेत गरेको आरोपमा सोही ठाउँका ४२ वर्षीय धनबहादुर नेपालीले जिल्ला प्रहरी कार्यालयमा साउन ७ गते उजुरी दिनुभएको छ ।

क्वारेण्टाइनमा रहेका मानिसहरूको पीसीआर जाँचको विषयमा छलफल हुँदा साउन ६ गते कुटपिट भएको भन्दै नेपालीले उजुरी दिएको जिल्ला प्रहरी कार्यालका प्रवत्ता डीएसपी सूर्य थापाले बताउनुभयो ।

मुखमा सामान्य चोट लागेका नेपालीको ७ गते भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य जाँचपछि नेपाली घर फर्किनुभएको छ । आरोपित तामाङ गिरफ्तार नपरेको प्रवत्ता थापाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।


दिपेन्द्र अधिकारी