वडाले सिफारिस नदिँदा मतदान स्थल छुट्याउने निर्णय कार्यान्वयनमा समस्या
खार्पुनाथ गाउँपालिका–१ र ४ को वडा कार्यालयबाट सिफारिस नआएपछि मालिका मावि र मान्धारा माविको मतदान केन्द्र छुट्याउने जिल्लाको निर्णय कार्यान्वयनमा समस्या आएको छ ।
निर्वाचन आयोगको मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ को दफा ७ अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ०७९ साउन १७ गते बसेको बैठकले गरेको निर्णय अनुसार खार्पुनाथ गाउँपालिकाको–१ र ४ ले मतदाताको वर्गिकरणसहितको सूचि साउन २३ गतेसम्म नपठाएपछि यस्तो समस्या आएको जिल्ला निर्वाचन कार्यालय, हुम्लाले जनाएको छ ।
कार्यविधि अनुसार मतदाताको घरबाट मतदान स्थल चार किलोमिटर भन्दा बढिको भौगोलिक दूरीमा भए, एकै मतदान केन्द्रमा एक हजार भन्दा बढि मतदाताको सङ्ख्या भएपछि मतदान स्थल र केन्द्र छुट्याउन सकिने व्यवस्था सिफारिस समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार खार्पुनाथका दुई वडाले सिफारिस नपठाएपछि निर्णय कार्यान्वयनमा समस्या हुने निर्वाचन कार्यालय, हुम्लाका निमित्त प्रमुख श्याम रानाले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयमा साउन १७ गते बसेको बैठकले खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ स्थित मालिका माविको मतदान केन्द्रबाट प्युसको कैलाश आधारभूत विद्यालयमा र मान्धारा माविको मतदतान केन्द्रबाट ताक्ला र बाम्टाका लागि बागेश्वरी आधारभूत विद्यालय, ताक्लामा मतदान स्थल छुट्याउने निर्णय भएपनि नेपाली काङ्ग्रेसको लिखित रुपमै फरक मत राखेपछि त्यहाँको मतदान स्थल छुट्टिने नछुिट्टने विषयमा अन्यौल भएको हो ।
सिफारिस समितिको बैठकको निर्णय अनुसार जिल्लाका विभिन्न मतदान स्थलको सिफारिसका लागि निर्वाचन आयोगले साउन २१ गते मतदाता सङ्ख्यासहितको सिफारिस मागेको दावी गरेको निर्वाचन कार्यालयले खार्पुनाथबाट पत्र नआएपछि त्यसको अन्तिम निर्णय आयोगकै रहने बताएको छ ।
यद्यपी निर्वाचन आयोगको मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधिमा मतदान स्थल र मतदान केन्द्र छुट्याउने सम्बन्धी मापदण्डमा सिफारिस समितिको निर्णयमा वडाको सिफारिस आवश्यक पर्ने विषयमा उल्लेख गरेको छैन् ।
बैठकमा जिल्लाका सबै राजनीतिक दलहरूले खार्पुनाथको मान्धारा मावि मतदान स्थलबाट ताक्ला र बाम्टाको बागेश्वरी आधारभूत विद्यालय, मालिका मावि मतदान स्थलबाट प्युसका लागि कैलाश आधारभूत विद्यालयमा मतदान स्थल कायम गर्न सहमत भएपनि नेपाली काङ्ग्रेसले निर्णय पुस्तिकामै लिखित रुपमा असहमति जनाएपछि निर्वाचन कार्यालयले वडाको सिफारिस आवश्यक पर्ने सर्त अघि सारेको थियो ।
नेपाली काङ्ग्रेसले निर्णयमा लिखित असहमति जनाएको र खार्पुनाथका दुवै वडामा नेपाली काङ्ग्रेसकै वडा अध्यक्ष निर्वाचित भएकाले पनि मतदाता वर्गिकरणको सिफारिस नआएको निर्वाचन कार्यालयले आशंका गरेको छ ।
सोही गाउँपालिका–५ का वडाध्यक्ष भरतजङ्ग शाही र १ का जयबहादुर शाहीले उक्त सिफारिस नदिएपछि आगामी मङ्सिर २४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न समस्या हुने स्थानीय पदम शाहीले गुनासो गर्नु भयो ।
उहाँका अनुसार मतदान स्थल छुटइएन भने हालको मतदान केन्द्रमा पुग्न मतदातालाई पैदल चारदेखि पाँच घण्टा लाग्ने छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…