वडाध्यक्ष कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७९ चैत १९ गते

मेलौली नगरपालिका–१ का वडाध्यक्ष ४० वर्षीय शरदसिंह नेगीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४२ वर्षीय जनार्दन नेगी र उहाँका २३ वर्षीय छोरा पारश नेगीलाई चैत १८ गते गिरफ्तार गरेको छ ।

फागुन १७ गते मेलौली नगरपालिका–१ स्थित एक पसलमा वडाध्यक्ष नेगीलाई मेलौली नगरपालिका–१ वडा कार्यालयका कार्यालय सहयोगी समेत रहेका जनार्दन नेगी र उहाँका छोराले कुटपिट गरेको जानकारी प्राप्त भएपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर योगेश खत्रीले बताउनु भयो ।

आरोपित विरुद्ध अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको समेत इन्स्पेक्टर खत्रीले बताउनु भयो ।

सामान जोख्ने ढकले हिर्काउदा वडाध्यक्ष नेगीका चार ओटा दाँत भाचिएको र उहाँको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ ।


नरी बडु