वडाध्यक्ष कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीको माग गर्दै स्थानीयहरु विरोध प्रदर्शनमा
वीरगंज महानगरपालिकाको-७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई ०८० कात्तिक ५ गते कुटपिट गरेका आरेपित नगवा प्रहरी चौकीका सई रविन्द्र साह तुराहालाई कारबाहीको माग गर्दै स्थानीयहरु विरोध प्रदर्शन गरेका छन् ।
दुर्गा पुजाको अवसरमा कात्तिक ५ गते राति वडामा अयोजित सांस्कृतिक भजन कार्यक्रममा सई तुराहाले आफुमाथि मुक्का प्रहार गरेको आरोप वडाध्यक्षको रहेको छ । वडाध्यक्ष माथि भएको कुटपिट घटनाको विरोधमा कार्यक्रममा सहभागि स्थानियहरुले आरेपित प्रहरीविरुद्ध प्रदर्शन समेत गरेका छन् । प्रदर्शनको क्रममा प्रहरीले आफूलाई नियन्त्रणमा लिई रक्सी खाएको आरोप लगाई जिल्ला प्रहरी कार्यालयमा रात भरि राखेको बताउनु भयो । त्यसपछि पनि प्रहरी विरुद्धको प्रदर्शन नरोकिएपछि प्रहरीले प्रदर्शनकारीहरु माथि लठ्ठीचार्ज गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो “महाअष्टमीको दिन टोलमा दुर्गा पुजा भएको पण्डालमा सांस्कृतिक कार्यक्रम भइरहेको थियो । म घरमा सुतेको थिए, प्रहरीले पण्डालमा भइरहेको सांस्कृतिक कार्यक्रम बन्द गर्न भन्यो । त्यसपछि पुजा समितिका सदस्यहरु मेरो घरमा पुगी मलाई बोलाएर लिएर आए । मैले भइरहेको भजन कार्यक्रम केही समय चल्न दिनु भनेर प्रहरीसँग आग्रह गरेँ । जिल्ला प्रहरी कार्यालयबाट पुगेका इन्सपेक्टरले मैले भनेको कुरा मान्नु पनि भयो । त्यस अनुसार नै कार्यक्रम भइरहेको थियो । सोही क्रममा समितिका एक जना सदस्लायई प्रहरीले नियन्त्रणमा लियो । त्यो सदस्लायई छुटाउन जादा ममाथि सई रविन्द्र साह तुराहाले पछाडीबाट हिर्काउनु भयो र म तल लडे । म तल लडि रहँदा पनि प्रहरीले ममाथि लठ्ठीले प्रहार गरेको वडाध्यक्ष महर्जनले बताउनु भयो । प्रहरीको लठ्ठी प्रहाका कारण मरो शरिरको विभिन्न भागमा चोट लागेको उहाँले इन्सेक जिल्ला प्रतिनिधिलाई देखाउदै जानकारी दिनु भयो ।
सईले पुरानो रिसिवीका कारण आफूमाथि कुटपिट तथा दुर्व्यवहार गरेको वडाध्यक्ष महजर्नको आरोप रहेको छ । तिजको बेला उनीसँग भएको विवादलाई लिएर सईले आफूमाथि कुटपिट गरेको उहाँले बताउनु भयो ।
प्रहरी चौकी नगवाका सई तुराहाले आफूले कसैमाथि कुटपिट नगरेको बताउनु भयो । वडाध्यक्षलाई किन नियन्त्रणमा लिनु भयो भने इन्सेक प्रतिनिधिको प्रश्नको जवाफमा उहाँले घटना भएको दिन आफुमाथिको तीन जना इन्सपेक्टरहरु समेत उपस्थित रहेकोले आफूले कसैलाई कसरी नियन्त्रणमा लिन सक्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी कोमल साहले राति अवेरसम्म गरिएको सांस्कृतिक कार्यक्रम बन्द गराउन खोज्दा रक्सी खाएर होहल्ला गर्ने केही मानिसहरुलाई नियन्त्रणमा लिइएको बताउनु भयो । उहाँले वडाध्यक्ष बारे आफूलाई थाहा नभएको भन्दै नियम अनुसार नियन्त्रणमा लिएर छाडिएको बताउनु भयो ।
घटना भएको स्थल मै आयोजित पत्रकार सम्मेलनमा सहभागि वीरगंज महानगरपालिका-४ का वडाध्यक्ष जगत साह कानु, वडा नं. ९ का जवाहर प्रसाद गुप्ता, वडा नं. २० का रामकिशोर सिंह पराग, वडा नं. २४ का विजय प्रसाद कुर्मी, वडा नं. २६ का शम्भु मिश्रा, वडा नं. २७ का हृदयनारायण प्रसाद कुर्मी, वडा नं. २८ का सर्जुग महतो, कार्यपालिका सदस्य कन्हैया ठकुर लगायतले पनि वडाध्यक्षमाथि कुटपिट तथा दुर्व्यवहार गर्ने आरोपित प्रहरीलाई कारबाही नगरे पेन डाउन लगायतको विरोध कार्यक्रम गर्न बाध्य हुने बताउनु भयो ।
शम्भुकुमार सुमन
सम्बन्धित समाचारहरू
जिल्लामा बालविवाह कायमै हुँदा किशोरीहरूको स्वास्थ्यमा जोखिम
जिल्लामा बालविवाह कायमै हुँदा युवती तथा किशोरीहरूको स्वास्थ्यमा जोखिम हुँदै गएको छ । जिल्लामा २० वर्ष मुनिका किशोर किशोरीले विवाह गर्न नमिल्ने कानुनी प्रावधान भए पनि मुगुमा बालविवाह कायमै रहेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-४ का ३७ वर्षीय श्याम कुमार महरा चमारलाई ०८१ भदौ १८ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ । आरोपित महराले…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लालबन्दी नगरपालिका-१६ का २८ वर्षीय दिलबहादुर घलानविरुद्ध पीडित पक्षले ०८१ भदौ १७ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिनुभएको छ । घरमा कोही नभएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-२ का ३७ वर्षीय कृष्ण धोवीलाई प्रहरीले ०८१ भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १९ गते बलात्कार गरेको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–२ का लक्ष्मीकान्त पनेरूलाई ०८१ भदौ २० गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० चैत १२ गते बलात्कार गरी फरार…