वडाध्यक्ष कुटपिट घटनाका फरार आरोपित गिरफ्तार
भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटालाई कुटपिट गरी फरार रहेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–१८ का ३४ वर्षीय कमल रोकाया, बेदकोट नगरपालिका–६ का ३४ वर्षीय प्रविण गिरी, भिमदत्त नगरपालिका–५ का ३८ वर्षीय केशव चन्द, कृष्णपुर नगरपालिका–५ का २८ वर्षीय रोहितजंग कुँवर, भिमदत्त नगरपालिका–१८ का २८ वर्षीय नविन चन्द र सोही नगरपालिका–६ का २६ वर्षीय लेखान्त बुढालाई ०८० भदौ ३ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले दिनु भएको किटानी जाहेरीका आधारमा फरार आरोपितहरुलाई गिरफ्तार गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर हर्षबहादुर चन्दले बताउनु भयो ।
भिमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटालाई कुटपिट गरेको आरोपमा राष्ट्रिय युवा संघका कार्यकर्ता कमल रोकाया, केशव चन्द, रोहितजङ्ग कुँवर, प्रविन बोगटी, र नविन चन्दका विरुद्ध पीडित पक्षले ०८० साउन २८ गते ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएका थिए ।
जिल्लास्थित एमाले पार्टी कार्यालयमा साउन २७ गते आयोजित राष्ट्रिय युवा संघको १० औँ अधिवेशनका क्रममा मतदाता नामावली टाँस गर्नेसम्बन्धमा विवाद उत्पन्न भएपछि संघका नेता तथा कार्यकताहरुले अधिवेशन मण्डलका सदस्य समेत रहनु भएका वडाध्यक्ष देवकोटालाई कुटपिट गरी घाइते बनाएका थिए ।
कुटपिटबाट टाउँको, छाती र आँखामा गहिरो चोट लागि घाइते हुनु भएका वडाध्यक्ष देवकोटाको काठमाडौमा उपचार भइरहेको पीडितकी आमा कमला देवकोटाले बताउनु भयो ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…