वडाध्यक्षलाई कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी लिन नमानेको आरोप
राजपुर नपा–१ का ४० वर्षीय शेष अमिरुल्लाहलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ६० वर्षीय शेख अबदुल, ५० वर्षीय खैरुल्लाह, ४२ वर्षीय शेख अजित र ४५ वर्षीय शेख मुस्तकलगायत करिब ३०/४० जनाको समूहले ०७८ वैशाख ३० गते निर्वाचनको दिन कुटपिट गरी घाइते बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा पटक–पटक उजुरी लिएर जाँदा प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप छ ।
स्थानीय तहको निर्वाचनको दिन करिब ४ बजेतिर नेपाली कांग्रेसका कार्यकर्ताहरूले बुथ कब्जा गर्न खोजेको र सो कार्यलाई प्रहरीले कडाइका साथ निगरानीमा राखेको थियो ।
त्यसपछि माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शेष अमिरुल्लाहले थाहा पाएर मोटरसाइकलमा सो स्थानबाट नजिकैको सशस्त्र प्रहरी बेश क्याम्पतिर भाग्दा क्याम्प नजिक करिब २ सय मिटरको नजिक पुगेपछि मोटरसाइकलमा आएका आरोपितहरूले घेरा हाली कुटपिट गर्दा हात भाँचिएको तथा टाउकोमा गम्भीर चोट लाग्नुका साथै अन्य भागहरूमा पनि चोट लागेको पीडितको आरोप छ ।
घटना लगत्तै घाइतेको उपचार प्रादेशिक अस्पताल गौरमा गरी जेठ ६ गते डिस्चार्ज गरिएको पीडितको भनाइ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय गौरमा जेठ ४, ५ र ६ गते जाँदा उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले घटनाका विषयमा अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरे पनि उजुरी दर्ता नगरेको पीडितको भनाइ छ ।
एसपी घिमिरेले प्रारम्भिक अनुसन्धान गर्दा पछाडिबाट मोटरसाइकलले लखेटेको तर आफँै लडेर हात भाँचिएको विषय खुल्न आएकोले थप अनुसन्धान भइरहेको बताउनु भयो ।
प्रारम्भिक अनुसन्धानले आफैँ लडेको भन्ने भएर उजुरी दर्ता नभएको र दुवै पक्षले एकले अर्कालाई आरोप लगाएको र अर्को पक्षको पनि घरमा चोरी गर्न आएको आरोप लगाएकोले अनुसन्धान गरेर मात्र मुद्दा दर्ता गर्ने एसपी घिमिरेले बताउनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…
कर्णालीका ५५ प्रतिशत बालबालिकामा कुपोषण
नेपालको संविधानको धारा ३८ र धारा ३९ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावले जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हकको अधिकार भएको उल्लेख गरिए पनि कर्णालीमा गरिबीकै कारण ज्यान गएको पाइन्छ ।…