वडाध्यक्षद्वारा प्राविधिक कर्मचारीमाथि कुटपिट

  ०८० माघ २६ गते

खजुरा गाउँपाालिका–५ का वडाध्यक्ष तथा खजुरा गाउँपालिका–६ उढरापुर स्थिति भानु मावि व्यस्थापन समितिका अध्यक्ष ४२ वर्षीय गरिबे शेषले प्राविधिक सहायक २८ वर्षीय लिलाराज धामीलाई  माघ २४ गते कुटपिट गरेको पीडितले बताउनु भयो ।

खजुरा गाउँपालिकामा माटो पटान कामको मुल्यांकन गर्न खटिएका धामीलाई कुटपिट गरे पछि प्राविधिक कर्मचारीहरूले कामकाज बन्द गरेर माघ २५ गते इलाका प्रहरी कार्यालय, धनौलीमा उजुरी दिएका छन् ।

आरोपित गरिबेले  खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लको अध्यक्षतामा बैठक बसेर दुबैले आफ्नो गल्ती स्वीकार गरेको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय इन्स्पेक्टर अशोक मल्लले उजुरीका बारेमा बुझ्ने काम भइरहेको बताउदै दुबै  पक्षबिच मिला पत्र भएको भनिए पनि लिखितरुपमा मिलापत्र नभएको बताउनु भयो ।

धामीको स्वास्थ्य परीक्षण तथा उपचार माघ २४ गते शुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा गरिएको छ ।

 

 


ध्रुबराज शर्मा