वडाध्यक्षको खोजी गर्दै गाउँपालिकामा ज्ञापनपत्र

  ०८१ भदौ २६ गते

सिरिजङ्गागाउँपालिका-३ सिकैचाका स्थानीयले वडाध्यक्ष नहुँदा समस्या भएको भन्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।

सिरिजङ्गागाउँपालिका-३ सिकैचाका स्थानीयले ०८० कात्तिक २४ गते वडाध्यक्ष कार्यालयमा उपस्थिती नहुँदा सरकारबाट पाउने सेवा लिन समस्या भएको भन्दै गाउँपालिका अध्ययक्षलाई ज्ञापनपत्र बुझाएका हुन् ।

सिरिजङ्गागाउँपालिका-३ का वडाध्यक्ष दिलप्रसाद बोखिम लिम्बू ०८० कात्तिक २४ गतेदेखि वडा कार्यालयमा उपस्थित नहुँदा समस्या भएको भन्दै सिरिजङ्गागाउँपालिका-३ सिकैचाका स्थानीयले गाउँपालिकामा ०८१ भदौ १९ गते ज्ञापनपत्र बुझाएको गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले बताउनु भयो । उहाँले निर्वाचन आयोगमा जानकारी गराएकाे र फेरी आयाेगमा जानकारी गराउने बताउनु भयाे । आगामी एक महिनाभित्र वडाध्यक्ष आए उहाँलाई जिम्मेवारी दिने वा उहाँ एक महिनाभित्र नआए अरु केही विकल्पको खोजी गरिने गाउँपालिका अध्यक्षको भनाइ छ ।

सिरिजङ्गागाउँपालिका-३ का वडाध्यक्ष दिलप्रसाद बोखिम लिम्बू ०८० कात्तिक २४ गतेदेखि वडा कार्यालयमा उपस्थित भएपछि अहिले वडा सदस्य अम्बि साउदेनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहनु भएको छ ।

लामो समयदेखि कार्यवाहकको भरमा चलेको वडामा रहेका स्वास्थ्य चौकी, विद्यालय र स्वयम् वडाको कामकारवाही वडाध्यक्षको अनुपस्थितिमा प्रभावित भएको स्थानीय शक्तिलाल पौडेल बताउनु भयो । वडाध्यक्ष बोखिमले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी साउदेनलाई दिने बाहेक कार्यवाहक छाडिएको पत्रमा अरू केही कुरा उल्लेख नगरेको स्थानीयको भनाइ छ ।

सिरिजङ्गागाउँपालिका-३ का स्थानीयले गाउँपालिका अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा वडाध्यक्षलाई जनताका माझ उपस्थित गराउन आग्रह गरिएको छ । वडाध्यक्षले जिम्मेवारी पुरा गर्न नसके राजीनामा दिन ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ मा वडाध्यक्षको पदावधि समाप्न नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पदपूर्ति गरिने उल्लेख छ भने एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नहुने स्पष्ट व्यवस्था समेत गरेको छ ।

Photo 20240910 Taplejung


एलिना दियाली