लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै आएपछि जिल्लामा अध्ययन गर्दै आएका सयौँ विद्यार्थीले मार खेप्नु परेको हो ।
हेल्दुङ्ग विद्युत वितरण केन्द्रले लोडसेडिङ्गको समय तालिका बढाएपछि गत पुस पहिलो हप्तादेखि विद्यार्थीहरूले समस्या भोग्नु परेको एसइई परिक्षा तयारी गर्दै आएका छात्र प्रदिप शाहीले गुनासो गर्नु भएको छ ।
छात्र शाहीका अनुसार विद्युत नियमित नभएपछि बिहान बेलुकाको खाना पकाउन र रातिको समयमा अध्ययन गर्न मुस्किल भइरहेको छ । लामो समय विद्युत लोडसेडिङ्गले गर्दा खाना पकाउन समेत गाह्रो हुने गरेको बालमन्दिर माविमा अध्ययनरत छात्रा प्रगति शाहीले गुनासो गर्नु भएको छ ।
उहाँले भन्नु भयो “बीचैमा बत्ति जाने गरेपछि आधा पोकेको खाना खानुपर्छ, पछि पेट दुख्ने गर्दछ” । पेट दुखेपछि अध्ययन गर्न गाहे हुने गरेको उहाँले गुनासो गर्नु भएको हो । हाल सदरमुकाम सिमकोटस्थित बालमन्दिर मावि र मानसरोवर माविमा एसइई परिक्षाको तयारी गर्दै आएका करिव १ सय ५० जना विद्यार्थीले लोडसेडिङ्गको मार खेप्नु परेको छ ।
बिजुली नहुँदा विद्यार्थीले हाल मैनबत्ति र टुकीका भरमा अध्ययन गर्नु परेको शाहीले गुनासो गर्नु भएको छ । खाना बनाउदा दाउरा किन्नलाई रुपियाँ नहुने र दाउराबाट खाना पकाउदा कम्तीमा दुई घण्टा समय लाग्ने भएकाले अध्यनमा प्रभाव पर्ने गरेको विद्यार्थीले गुनासो गरेका छन् ।
टुकीको भरमा अध्ययन गर्दा विद्यार्थीको आँखा कमजोर हुने, टाउको दुख्ने, खोकी लाग्ने र पछि विस्तारै दीर्घ रोगको लक्षणमा दम रोग देखा पर्ने जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनु भएको छ ।
लामो समय खोलामा पानीको बहाव घटेकाले लोडसेडिङ्ग बढाउनु परेको हेल्दुङ्ग विद्युत वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख सुशील चौधरीले बताउनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…