लोकतान्त्रिक स्वतन्त्रताको सम्मान गर्न निगरानी समितिको अपिल
दलहरूको शान्तिपूर्ण कृयाकलापउपर बाधा पुर्याउने अलोकतान्त्रिक कृयाकलापप्रति असहमति व्यक्त गर्दै मधेसी मोर्चालाई आफ्नो लोकतान्त्रिक छवि धुमिल हुन नदिनेतर्फ सचेष्ट रहन र लोकतान्त्रिक स्वतन्त्रताको सम्मान गर्न जवाफदेहिता निगरानी समितिले अपिल गरेको छ ।
समितिका अध्यक्ष चरण प्रसाईद्वारा फागुन २२ गते हस्ताक्षरित अपिलमा मधेसी मोर्चालाई स्वतन्त्रताको सम्मान गर्न अपिल गर्दै नेपाल सरकारलाई शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध गर्न ध्यानाकर्षा गराइएको छ । 'आमनागरिकसमक्ष पनि अरुको तर्क र विचार अभिव्यक्ति गर्ने मौलिक अधिकारको सम्मान गर्न र मुठभेड निम्तने काममा सामेल नहुन अपिल गर्छौँ ।'-निगरानी समितिद्वारा जारी अपिलमा भनिएको छ ।
'लोकतन्त्रको प्राण नागरिक सर्वोच्चतामा रहेको हुन्छ । त्यसैले बिना त्रास र दबाब नागरिकले वार्ता गर्ने, तर्क गर्ने, सङ्गठित हुने, निर्वाध आवागमन, पेसा व्यवसाय गर्ने अधिकारलाई अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनले मौलिक र अनुल्लङ्घनीय नागरिक हककारूपमा व्यवस्थित गरेका छन् ।'-अपिलमा उल्लेख छ ।
बहुदलीय व्यवस्थामा नागरिकको सङ्गठित आवाजका प्रतिनिधि राजनीतिक सङ्गठनहरू नै हुने कुरालाई स्मरण गराउँदै समितिले सभ्य राजनीतिको अगुवा प्रतिनिधिका रूपमा शान्तिपूर्ण सभा, तार्किक र निर्वाध कृयाकलाप गर्ने कामलाई आत्मसात गर्नु र सहयोग गर्नु राजनीतिक दलहरूको नियमित काम मात्र होइन कर्तव्य पनि हुने जनाएको छ ।
समितिद्वारा जारी विज्ञप्तिमा थप भनिएको छ-'नेपालमा केही समय यता हाम्रा अगुवा राजनीतिक सङ्गठनद्वारा नै सङ्गठितरूपमा अर्काको अभिव्यक्ति गर्ने अधिकारउपर बाधा विरोध गर्ने चरित्र मौलाउँदै गएको छ । यसै सन्दर्भमा नेकपा (एमाले) द्वारा आयोजित मेची-महाकाली राष्ट्रिय एकता यात्रामा भिडन्त हुनसक्ने भनी मधेस केन्द्रित दलका अगुवाहरूको अभिव्यक्ति आएको छ । सप्तरीमा तिनका कार्यकर्ताले एमालेका प्रचारकलाई मोसो दलेका छन् । मधेसी मोर्चाले एमालेद्वारा पूर्वघोषित कार्यक्रमलाई बाधा गर्ने गरी समानान्तर विरोधका कार्यक्रमहरूको घोषणा गरेको छ ।'
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…