लोकतान्त्रिक फोरम र काङ्ग्रेस कार्यकर्ताबिच झडप, सात बालबालिकासहित २४ घाइते
नेपाल लोकतान्त्रिक फोरम र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच ईशानाथ नपा-७ जोकाहा टोलमा असोज २२ गते राति झडप हुँदा सात जना बालबालिकासहित २४ जना घाइते भएका छन् ।
ईशानाथ नगरपालिकामा नगर कार्यसमितिको निर्वाचनपछि नेपाल लोकतान्त्रिक फोरमले विजय जुलुश निकालेको अवस्थामा राति करिब ७ बजेको समयमा जोकाहा गाउँमा आइपुगेपछि जुलुशमाथि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आमक्रमण गरेको फोरम लोकतान्त्रिकले आरोप लगाएको छ ।
नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको आक्रमणमा परी ईशानाथ नपा-७ की सात वर्षीया आयसा खातुन र सोही ठाउँका नौ वर्षीय महमद आदिम गम्भीर घाइते भएकाले उनीहरूको उपचार बीरगञ्जमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका दुई जना बालबालिकाको गौर अस्पतालमा उपचार हुन नसकेकाले बीरगञ्ज 'रिफर' गरिएको र अन्य घाइतेहरूको गौर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै आक्रमणमा परी ईशानाथ नपा-७ का ३० वर्षीया हसिना खातुन, १५ वर्षीय मोजरे आलम, ३५ वर्षीय रयसुन खातुन, १२ वर्षीया यासमिन खातुन, ३० वर्षीया सदिना खातुन, ५० वर्षीया जुलेखा खातुन, १८ वर्षीया मरेनाद खातुन, आठ वर्षीष गुलखेदा खातुन, आठ वर्षीया फुलनाद खातुन, ४० वर्षीय सेख अनवार, ४२ वर्षीया सजिना खातुन र ३० वर्षीया सफातुन खातुन घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइते उनीहरूको शरीरमा रड तथा लाठीको चोट रहेको जिल्ला अस्पताल गौरले जनाएको छ ।
घटनापछि प्रहरी घटनास्थलमा पुगी स्थिति नियन्त्रणमा लिएपनि आक्रमण गर्ने कसैलाई पनि नियन्त्रणमा लिएको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी यज्ञविनोद पोखरेलले आक्रमणकारीहरू फरार रहेकाले तत्काल गिरफ्तार गर्न नसकिएको प्रतिक्रिया दिएका छन् ।
विपिन गौतम
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…