लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबाट मतदातालाई आवरोध, पाँच जना गिरफ्तार

  ०७४ मङ्सिर १० गते

तामाकोशी गाउँपालिका- ३ स्थित हेल्थपोष्ट भवन मतदान केन्द्रमा आउँदै गर्दा सोही ठाउँका ७७ वर्षीय रुद्रप्रसाद पोखरेल गुलेलीले हानेको ढुङ्गाले लागेर घइते भएका छन् । घाइते पोखरेलको पिडुँलामा चोट लागेको छ ।

लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरूले मतदान केन्द्रमा आउने मतदाताहरूलाई ढुङ्गा र वीयरको बोतलले हानी अबोरोध गरेपछि सो ठाउँमा थप सुरक्षाकर्मी परिचालन गरी उनीहरूलाई भगाइएको प्रत्यक्षदर्शी गुणराज पोखरेलले बताएका छन् ।

खुकुरी र गुलेली सहित लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता गिरफ्तार

यसैबिच तामाकोशी गाउँपालिका-३ कालापानी मतदान केन्द्र नजिकबाट खुकुरी र गुलेलीसहित प्रहरीले मङ्सिर १० गते लोकतान्त्रिक गठबन्धनका पाँच जना कार्यकर्ताहरूलाई गिरफ्तार गरेको बताइएको छ ।

दुइ मतदान केन्द्रमा पाइप बम नेपाली सेनाबाट डिस्पोज

चरिकोटस्थित कालिञ्चोक मतदान केन्द्र नजिक एक ओटा पाइप बस र महाङ्काल आधारभूत विद्यालय मातदान केन्द्र नजिक दुई ओटा बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।


उद्धवप्रसाद पोखरेल