लोकतन्त्रका 'योद्धा’ मुकेश कायस्थको निधन
जनआन्दोलन २०६२/०६३ का घाइते बनेपा नगरपालिका-८ का ३२ वर्षीय मुकेश कायस्थको ०८० वैशाख २७ गते निधन भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि कायस्थलाई वैशाख २५ गते शिर मेमोरियल अस्पताल बनेपामा भर्ना गरिएको थियो । उहाँको उपचारको क्रममा निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हीरा शर्मा नेपालले जानकारी दिनुभयो ।
लोकतान्त्रिक जनआन्दोलनको क्रममा ०६२ चैत २७ गते बनेपामा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर कायस्थ गम्भीर घाइते हुनु भएको थियो । कक्षा ८ मा अध्ययनरत १३ वर्षीय कायस्थ सोही समयदेखि अचेत भएको ११ महिना काठमाडौँको वीर अस्पतालमा उपचार गरी घरमै राखेर थप उपचार हुँदै आएको थियो ।
विद्यासागर बोर्डिङ्ग स्कुलका विद्यार्थी मुकेश कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिइ साथीहरूसँगै घर फर्किरहेका बेला बनेपाको तीन दोबाटोमा सात दलले निकालेको संयुक्त विरोध प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते हुनुभएको थियो ।
गोलीका कारण उहाँलाई पक्षघात भएको थियो, जसका कारण उहाँ हिँडडुल मात्र होइन बोल्न समेत नसक्ने अवस्थामा पुग्नुभएको थियो ।
तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएको बेला नेपाल सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले ‘जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै’ ‘जिउँदो सहिद’का नामले चिनिएका कायस्थलाई ०७८ वैशाख १ गते ‘लोकतन्त्रका योद्धा’ को रूपमा सम्मान प्रदान गरिएको थियो । तत्कालीन परराष्ट्रमन्त्री ज्ञवाली उहाँको घरमै गई उक्त सम्मान प्रदान गर्नुभएको थियो ।
यस अघि जनआन्दोलनमा घाइते भइ अचेत अवस्थामा रहेका कायस्थलाई नेपाल सरकार मन्त्रिपरिषदको ०७० पुस १८ गतेको बैठकले यस अघि दिँदै आएको सुविधालाई बढाएर ०७० माघ १ गतेदेखि लागू हुने गरी मासिक १५ हजार रुपियाँ दिने निर्णय गरेको थियो ।
कायस्थको लागि उपचार खर्चको साथै एक जना सुसारेलाई मासिक ६ हजार र एक जना नर्सको व्यवस्था नेपाल सरकारले गरेको थियो ।
यसैगरी कायस्थलाई बनेपा नगरपालिकाले स्थापनाको ४० औँ स्थापना दिवसका अवसर पारेर ०७७ चैत १४ गते ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको थियो ।
तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले उहाँलाई उक्त उपाधि प्रदान गर्नुभएको थियो । मुकेशको सम्मानमा बनेपाका बुद्धिजीवीहरूले ‘मुकेश फाउण्डेशन’ पनि स्थापना गरेका हुन् ।
हिरामान लामा
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…