लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियानको सुरूआत, प्रभातफेरीसहित विविध कार्यक्रम
लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियान मङ्सिर ९ गतेदेखि सुरू भएको छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरूद्धको दिवसका रूपमा मनाउने निर्णय गरेपछि अभियानकै रूपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने ०५४ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
मोरङ प्रतिनिधि अर्जुन दर्जीका अनुसार इन्सेकसहित विभिन्न सङ्घसंस्था र सामाजिक विकास मन्त्रालयको सहभागितामा लैङ्गिक हिंसाविरूद्ध १६ दिवसीय अभियान सुरूआतका क्रममा विराटनगरमा प्रभातफेरी र्याली निकालिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट सुरूआत भएको प्रभातफेरी र्याली सामाजिक विकास मन्त्रालय अघि कोणसभामा परिणत भएको थियो । कोणसभामा सामाजिक विकास मन्त्री जयराम यादवले सबैले आ-आफ्नो ठाउँबाट महिला हिंसाविरूद्धको अभियान चलाउन आवश्यक रहेको बताउनु भयो ।
उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुसार इन्सेकसहित दुई दर्जन बढी सामाजिक सङ्घसंस्थाको अगुवाइ लैङ्गिक हिंसा विरूद्धको १६ दिवसीय अभियान सुरूआत गरिएको छ । अभियानको सुरूआत प्रदेश सांसद अम्बिका थापाले गर्नु भयो ।
सदरमुकाम गाईघाट बजार परिक्रमा गर्दै प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा घरै देखि सुरु गरौँ, महिला विरूद्धको हिंसा अन्त्य गरौँ, महिला रोकिए संसार रोकिन्छ जस्ता विभिन्न नारा लेखिएका पोष्टरहरू र्यालीमा सहभागीहरूले देखाएका थिए ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार इन्सेकसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियान सुरूआतका क्रममा प्रभातफेरी र्याली निकालिएको छ ।
प्रभातफेरीमा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दहाल, डिएपसपी उमेश लम्सालसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियानका क्रममा जिल्लामा प्रभातफेरी कार्यक्रम गरिएको छ । प्रभातफेरीमा इन्सेकसहित सरकारी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार इन्सेकसहित नागरिक सङ्घसंस्थाको अगुवाइमा महिला हिंसाविरूद्धको १६ दिवसीय अभियानको सुरूआत गरिएको छ ।
अभियानका क्रममा इन्सेकले जिल्लामा सरोकारवालासँग समन्वय र सहकार्य गरी मानवता विरूद्धका सबै किसिमका घटना अन्त्यका लागि इन्सेक क्रियाशील भएको अभियानका क्रममा जानकारी गराइएको छ । इन्सेकले अभिलेख गरेका महिला र बालबालिकासँग सम्बन्धित घटनाका विषयमा सरोकारवालामा जानकारी गराइएको छ ।
खाँदबारी नगरपालिकाको आयोजनामा ‘घरैबाट शुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ विभिन्न सङ्घसंस्थाको सहभागितामा नयाँ बजारबाट प्रभातफेरी र्याली निकालिएको छ ।
सचेतनामूलक व्यानर तथा प्लेकार्ड सहितको र्याली निकालिएको खाँदबारी नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शारदा नेपालले बताउनु भयो । र्यालीमा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा, खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेस्वरी श्रेष्ठले लगायतको उपस्थिती रहेको थियो ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार लैङ्गिक हिंसाविरूद्ध १६ दिवसीय अभियानको सुरूआतमा सदरमुकामसहित बजार क्षेत्रका मुख्य चोक र कार्यालयहरूमा हिंसा न्यूनीकरण सम्बन्धिको चेतनामुलक व्यानर टाँसेर दिवसको सुरूआत गरिएको छ ।
इन्सेकसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा हिंसा न्यूनीकरण सम्बन्धी चेतनामुलक व्यानर टाँसेर दिवसको शुभारम्भ गरिएको छ ।
इलाम प्रतिनिधि बविता मैनालीका अनुसार महिलाविरूद्ध हुने सबै किसिमका हिंसा न्यूनीकरणका लागि जिल्लाका स्थानीय तहहरूले विभिन्न कार्यक्रमको सुरूआत गरेका छन् ।
स्थानीय तहले महिलाविरूद्ध सञ्चालन गर्ने अभियानमा इन्सेकले समन्वय एवम् सहकार्य गर्ने भएको छ ।
इन्सेक प्रदेश १ कार्यालय, विराटनगर
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…