लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातको अवसरमा मङ्सिर १० गते धादिङबेसीमा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
नीलकण्ठ नगरपालिकाको सहकार्यमा इन्सेक, पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ लगायतका नागरिक सङ्घसंस्थाको सहभागितामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।
लैङ्गिक हिंसाविरुद्ध लाग्ने प्रतिवद्धता सहितको र्यालीले पुछारबजारबाट एमालेचोक, बिचबजार र सिरानबजार हुँदै नीलकण्ठ नगरपालिकाको सिटी हलमा पुगेर कोणसभामा परिणत गरिएको थियो ।
डोमिनिकन गणराज्यमा भएको महिलामाथिको ज्यादतीको विरुद्धबाट सुरु भएको अभियान संसरभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मानव अधिकार तथा महिला अधिकारका बारेमा समीक्षा, सूचना तथा शिक्षा दिँदै सञ्चालन गर्ने गरिन्छ ।
प्रभातफेरी पछि कोणसभालाई महिला मानव अधिकार रक्षक अधिवक्ता राधिका सापकोटाले महिलामाथि हुने हिंसा अन्त्यका लागि बेइजिङ घोषणालाई कार्यान्वयन गर्नु रहेको बताउँदै स्थानीय सरकारले नीतिगत रुपमा महिला अधिकारका लागि कार्ययोजना ल्याउनुपर्ने बताउनु भयो ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले स्थानीय सरकारले महिला अधिकार र लैङ्गिक हिंसा प्रभावित सहयोग कोष बनाएकोले आगामी दिनमा प्रभावकारी कार्यक्रम ल्याउने बताउनु भयो । प्रभातफेरीमा नागरिक समाज, स्थानीय सरकार, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीलगायतको सहभागिता रहेको थियो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…
शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमसहितको इन्सेकको टोलीसँग कुरा गर्दै मन्त्री लेखकले सो कुरा बताउनु…