लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ ०७९ मङ्सिर ९ गतेबाटबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
मन्थलीमा मङ्सिर ९ गते बिहान र्याली तथा कोण सभा गरी अभियानको शुभारम्भ गरिएको हो । मन्थली नगरपालिकाको मूल आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सामुदायिक विकास समाज र रेष्टको सहकार्यमा अभियानको उद्घाटन र्याली तथा कोण सभाबाट भएको हो ।
मन्थलीको मदन भण्डारी चोकबाट सुरु भएको र्याली मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । हिंसा विरुद्धका विभिन्न प्लेकार्ड बोकेको र्यालीमा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत लगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, प्रहरी, सशस्त्र प्रहरी, नागरिक अगुवा, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।
कोण सभामा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले १६ दिन भरी मन्थली नगरपालिकाका सबै वडामा पुगी टोल सुधार समितिलाई लैङ्गिक हिंसा विरुद्धको प्रशिक्षण दिनुका साथै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने तथा ज्येष्ठ नागरिक, अपाङ्ग, स्वयम्सेवीका, मानव अधिकार लगायतका दिवस मनाइने जानकारी दिनुभयो ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने सो अभियान अन्तर्गत विश्वभरि नै लैङ्गिक हिंसा नियन्त्रण तथा मानव अधिकार संरक्षणका लागि विभिन्न चेतनात्मक कार्यक्रम हुने गर्दछन् ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…