लैङ्गिकमैत्री प्रदेश बनाउनमा प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री बराल
लैङ्गिक हिंसा रहिरहँदासम्म समृद्ध नेपाल र सुखी नेपाली भन्ने नाराले सार्थकता नपाउने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश ५ ले बुटवलमा आयोजना गरेको ‘समानताको पुस्ताः बलात्कार विरूद्धको ऐक्यबद्धता’ विषयक सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताउनुभएको हो ।
प्रदेशमा ५ हिंसाको हिसावले अग्रस्थानमा भएकोले यस्ता खालका लैङ्गिक हिंसा अन्त्य गर्नका लागि प्रदेश सरकार सक्रिय भएर हिंसाका विरूद्ध विभिन्न कार्यक्रम बनाएर प्रदेशका हरेक जिल्लामा पु¥याउने मन्त्री बरालले बताउनु भयो ।
उहाँले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानमा के कस्ता कार्यक्रम ? कसरी सञ्चालन गर्न सकिन्छ ? भन्ने विषयमा सबै सरोकारवालासँग समन्वय गरेर रचनात्मक रूपमा अगाडि बढाउनका लागि सहज बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
उहाँले सङ्घीयता आएपछि इतिहासमै पहिलो पटक सात ओटा प्रदेशका लागि १ अरब १४ करोड बजेट विनियोजन भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश ५ का उपसभामुख कृष्णी थारूले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानलाई सफल पार्नका लागि नीति भएर मात्र नपुग्ने बताउनुभयो ।
‘हामीले नारा सुन्दर बनाउन जानेका छौँ । सुन्दर नाराले मात्र पीडितले न्याय पाउन सक्दैनन् । पीडितले न्यायको अनुभूति गर्ने गरी भएका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन गर्नुपर्छ ।’–उहाँले भन्नुभयो ।
प्रदेश सांसद सुनिताकुमारी ठटेरले मधेशी समुदायमा लैङ्गिक हिंसाको अवस्था दर्दनाक भएकाले स्थानीय सरकारले यस विषयमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
बुटवल उपमहानगपालिकाकी उप–प्रमुख गुमादेवी आचार्यले लैङ्गिक हिंसा भनेको महिलाको मात्र सवाल नभएको भन्दै यसको अन्त्यका लागि सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…