लेखा समितिको सभापतिमा सत्तापक्षकै सांसद निर्वाचित
व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा सत्तापक्षकै सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।
समितिको सभापतिका लागि माघ १७ गते भएको निर्वाचनमा एमाले सांसद पशुपति चौलागाईंको भन्दा सात मत बढी ल्याएर सत्तापक्षीय गठबन्धनका उम्मेदवार डोरप्रसाद उपाध्याय निर्वाचत भएका हुन् ।
निर्वाचत उपाध्यायले ३९ मतमध्ये २३ मत प्राप्त गरेका थिए भने चौलगाईले १६ मत प्राप्त गरेका थिए । उपाध्याय निर्वाचत भएपछि करिव सात महिनादेखि रिक्त रहेको लेखा समिति सभापतिको पदले पूर्णता पाएको छ । सामान्यतया सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीको संसदलाई बनाउने संसदीय परम्परा रहेकोमा सो अनुसार हुन नसकेको प्रतिपक्षी सांसदहरूले आरोप लगाए ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै नवनिर्वाचित सभापति उपाध्यायले कुनै दल विशेषको उम्मेवार भएपनि काम गर्दा दलीय छाँयाभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…