लुम्बिनी प्रदेशमा स्थानीय तह निर्वाचनकालागि २२ हजार ६ सय ५५ जनाको उम्मेदवारी दर्ता
लुम्बिनी प्रदेशमा चार उप–महानगरपालिका, ३२ नगरपालिका, ७३ गाउँपालिका र ९ सय ८३ वडाहरू रहेका छन् ।
वैशाख ३० गते हुने स्थानीय तह निवार्चन २०७९ को लागि लुम्बिनी प्रदेशमा विभिन्न पदका लागि २२ हजार ६ सय ५५ जनाले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जानकारी दिएका छन् ।
निर्वाचन मनोनयन गर्ने क्रम शान्तिपूर्ण भएपनि केही जिल्लाहरूमा निर्वाचन आचार संहिता उल्लङ्घनका घटनासमेत भएको अनुगमनमा पाइएको इन्सेक प्रतिनिधिहरूले जनाएका छन् ।
वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामवली प्रकाशन तथा वैशाख १६ गते उम्मेद्वारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
अर्घाखाँची प्रतिनिधि कूलबहादुर नेपालीका अनुसार प्रमुखमा १४ जना पुरुष चार जना महिला गरी १८ जना, उपप्रमुखमा पाँच जना महिला आडठ जना पुरुष गरी १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा ११ पुरुष तीन महिला गरी १४ जना, उपाध्यक्षमा पाँच पूरुष सात महिला गरी १२ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी, वडा अध्यक्षमा २ सय ९ पुरुष, सदस्यमा ३ सय २० पुरुष, महिला सदस्यमा १ सय ५४ र दलित महिला सदस्यमा १ सय ४१ जनाले गरी ८ सय ८१ जनाले मनोनयन दर्ता गराएका छन् ।
नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार आसन्न स्थानीय तहको निर्वाचनका लागि २ हजार १ सय १८ जनाको उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रवक्ता उज्जवल मोक्तानका अनुसार सात वटा स्थानीय तहमा प्रमुखमा ७९ जना , उपप्रमुखमा ५५ जना, वडाध्यक्ष पदका लागि ४ सय ६०, महिला सदस्यमा ३ सय ८२ जना र खुल्ला सदस्यमा ७ सय ७३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा भित्र निर्वाचन आचार संहिता उल्लंघनका घटना उजुरी नपरेको प्रमुख जिल्ला अधिकार श्रवणकुमार पोखरेलले बताउनु भयो ।
बाँके जिल्लाको आठ वटै स्थानीय तहमा प्रमुख र अध्यक्ष गरी ७३ जनाको उम्मेदवारी परेको छ । बाँके जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा २ हजार ३ सय २९ जनाले मनोनयन दर्ता गराएका छन् । प्रमुखमा ३३ जना, उप प्रमुखम २० जना , अध्यक्षमा ४० र उपाध्यक्षमा ३६ जनाको उम्मेदवारी परेको छ । यस्तै वडा अध्यक्षमा ५ सय १२ जना, खुला सदस्यमा ८ सय ७२ जना, दलित महिला सदस्यमा ३ सय ९२ जना, महिला सदस्यमा ४ सय २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
रुपन्देही प्रतिनिधि रिमा बिसीका अनुसार प्रमुख र अध्यक्षमा २ सय २० र उपप्रमुख र उपाध्यक्षमा १ सय ७४ जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी वडा अध्यक्षमा १ हजार १ सय २१ जना, सदस्यमा १ हजार ८ सय ७८ जना, महिला सदस्यमा ८ सय ९१ जना र दलित महिला सदस्यमा ८ सय १३ जना गरी ५ हजार ९७ जनाले मनोनयन दर्ता गराएका छन् ।
गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार प्रमुखमा ११ जना, उप प्रमुखमा सात जना, अध्यक्षमा ५० जना, उपाध्यक्षमा ३४ जना, वडा अध्यक्षमा २ सय ४९ जना, सदस्यमा २ सय ५१ जना, महिला सदस्य १ सय ३७ र दलित महिला सदस्य १ सय ४४ जना गरी ८ सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिम्लिसिनाका अनुसार प्रमुखमा १२ पुरुष जना एक जना महिला, उपप्रमुखमा एक जना पुरुष आठ जना महिला, अध्यक्षमा ३३ जना पुरुष, पाँच जना महिला, उपाध्यक्षमा जना १३ पुरुष १६ जना महिला, वडा अध्यक्षमा २ सय ४८ जना, सदस्यमा ४ सय २७ जना, महिला सदस्यमा २ सय जना र दलित महिला सदस्यमा १ सय ८३ जना गरी १ हजार १ सय ४७ जनाले उम्मेदवारी दिएका छन् ।
बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार प्रमुखमा ५१ जना पुरुष सात जना महिला, उपप्रमुखमा तीन जना पुरुष ३९ जना महिला, अध्यक्षमा १३ जना पुरुष एक जना महिला, उपाध्यक्षमा दुई जना पुरुष नौ जना महिला, वडा अध्यक्षमा ३ सय ७२ जना पुरुष १५ जना महिला, सदस्यमा ५ सय ९२ जना पुरुष ४६ जना महिला, महिला सदस्यमा ३ सय ४२ र दलित महिला सदस्यमा २ सय ७७ जना गरी १ हजार ७ सय ६९ जनाले उम्मेदवारी दिएका छन् ।
रुकुम पुर्व प्रतिनिधि मनिषा केसीका अनुसार अध्यक्षमा १४ जना पुरुष एक जना महिला, उपाध्यक्षमा दुई जना पुरुष सात जना महिला, वडा अध्यक्षमा ७८ जना पुरुष दुई जना महिला, सदस्यमा १ सय ४३ जना पूुरुष सात जना महिला, महिला सदस्यमा ७२ जना र दलित महिला सदस्यमा ७२ जना गरी ३ सय ९८ जनाले उम्मेदवारी दिएका छन् ।
रोल्पा प्रतिनिधि तिलक घर्ती मगरका अनुसार प्रमुखमा ६ जना पुरुष, उप प्रमुखमा ६ जना महिला, अध्यक्षमा ४७ जना पुरुष पाँच जना महिला, उपाध्यक्षमा नौ जना पुरुष ४१ जना महिला वडा अध्यक्षमा २ सय ७७ जना, सदस्यमा ४ सय ७१ जना, महिला सदस्यमा २ सय २६ जना र दलित महिला सदस्यमा २ सय १ जना गरी १ हजार २ सय ८३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालयबाट सदस्य र वडा अध्यक्ष पदको लिंग छुट्याएर तथ्यांक प्राप्त भएको छैन ।
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार प्रमुखमा १० जना पुरुष, उपप्रमुखमा चार जना पुरुष ३ जना महिला, अध्यक्षमा ३४ जना पुरुष एक जना महिला, उपाध्यक्षमा १० जना पुरुष १४ जना महिला, वडा अध्यक्षमा २ सय १७ जना पुरुष तीन जना महिला, सदस्यमा ३ सय ४८ जना पुरुष आठ जना महिला, महिला सदस्यमा १ सय ६८ र दलित महिला सदस्यका लागि १ सय ५६ जना गरी ९ सय ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार निर्वाचन कार्यालयबाट लिङ्गका आधारमा छुट्याइएको तथ्यांक प्राप्त हुन सकेन । जिल्लामा प्रमुखमा ३१ जना, उपप्रमुखमा २० जनाले, अध्यक्षमा ५२ जना, उपाध्यक्षमा ३९ जना, वडा अध्यक्षमा ५ सय १९ जना, सदस्यमा ७ सय ९७ जना, महिला सदस्यमा ३ सय ८१ जना र दलित महिला सदस्यमा ३ सय ५२ जना गरी २ हजार १ सय ९१ जना उम्मेदवारी दर्ता गराएका छन् ।
कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्लामा विभिन्न पदमा गरी ३ हजार ५ सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कुन पदका लागि कति उम्मेदवारी पर्यो भन्ने तथ्यांक वैशाख १६ गते मात्र दिन सकिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थीले बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश कार्याय नेपालगञ्ज
सम्बन्धित समाचारहरू
बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः एक माध्यमिक विद्यालय, एक नर्स
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै 'एक माध्यमिक विद्यालय, एक नर्स' कार्यक्रमलाई विस्तार गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले ०८० जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते विवाह गर्ने…
प्रहरीको कुटपिटबाट तीनजना प्रदर्शनकारी घाइते
सुर्खेतको वीरेन्द्रनगरमा जेठ १४ गते प्रहरीको कुटपिट र लाठी प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–३ का ३२ वर्षीय टिका शाही, सोही गाउँपालिका–४ डल्लाबाडाका ३७ वर्षीया…
कर्णाली प्रदेश सभाका विषयगत समितिहरूमा सभापति चयन
कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । जेठ १४ गते भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् । कर्णाली प्रदेश सभामा चार…
अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान
अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हाे ।…