लुम्बिनी प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सुरु ! (फोटो फिचर)

  ०८१ मङ्सिर १६ गते

लुम्बिनी प्रदेशका रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका–४ मा वडाध्यक्ष, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष, कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिका–१ मा वडाध्यक्ष र बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ मा वडाध्यक्ष पदको लागि ०८१ मङ्सिर १६ गते उपनिर्वाचन बिहान ७ बजेबाटै सुरु भएको छ ।

इन्सेक रोल्पा जिल्ला प्रतिनिधि तिलक घर्तिमगरका अनुसार रोल्पाको रुन्टिगढी गाउँपालिका-४ मा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । हालसम्म करिब २ सय जनाको हाराहारीमा मत खसेको छ । यहाँ नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मुख्य प्रतिस्पर्धीमा छन् । यहाँ सुरक्षालाई मध्यनजर गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सानाहरू परिचालन गरिएको छ ।

Photo01122024Rolpa

Photo01122024Rolpa1

Photo01122024Rolpa2

Photo01122024Rolpa3

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको लागि शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ । तीन ओटै मतदान स्थलका मतदान केन्द्रहरूमा मतदान सुरु भएको हो । वडा नं १ मा ४ हजार ९१ मतदाता रहेका छन् । अहिलेसम्म नेपाल राष्ट्रिय सर्वोदय माविको दुई मतदान केन्द्रमा १ सय ३३ मत खसेको छ । नेपाल राष्ट्रिय सर्वोदय मावि मतदान स्थलको दुई केन्द्रमा १ हजार ९ सय ४५ मतदाता रहेका छन् । त्यस्तै सरस्वती मावि मतदान स्थलको दुई मतदान केन्द्रमा ४५ मत र जनज्योति मावि मतदान केन्द्रमा ३१ गरेर २ सय ७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । वडाध्यक्ष पदको लागि आठ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत क्रृषिराम घिमिरेका अनुसार नेकपा एमालेको तर्फबाट दल बहादुर थापा, कांग्रेसबाट आनन्द श्रेष्ठ, माओवादी केन्द्रका दुर्गा बहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट इश्वरी खातीले मनोनयन गर्दा गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उमेदवारको रूपमा योगेन्द्र खरेल, पुमानन्द खरेल र कुल बहादुर थापाले उमेद्वारी दर्ता गरेको निर्वाचन अधिकृत घिमिरेले बताउनु भयो । तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि मुसिकोट नगरपालिका–१ मा उपनिर्वाचन भएको हो ।

Photo01122024Gulmi

Photo01122024Gulmi2

Photo01122024Gulmi3

Photo01122024Gulmi4

Photo01122024Gulmi5

Photo01122024Gulmi6

Photo01122024Gulmi7

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार उपनिर्वाचन ०८१ लागि सुद्धोधन गाउँपालिका १ मा बिहानैदेखि मतदान सुरु भएको छ । गाउँपालिका १ का अध्यक्ष तिलकराम यादवको टाउँकोमा ट्यूमरका कारण उपचारका क्रममा ०८१ असोज ८ गते मृत्यु भएपछि यस वडामा उपनिर्वाचन भएको हो । सुद्धोधन गाउँपालिकाको वडा नं १ मा कुल मतदाताहरूको सङ्ख्या ४ हजार ८ सय ६८ रहेको छ । जसमा पुरुषको सङ्ख्या २ हजार ७ सय ५६ र महिलाको सङ्ख्या २ हजार १ सय १२ रहेको छ । तीन ओटा मतदान केन्द्रमा ६ ओटा बुथ रहेको छ । निर्वाचनाको सम्पूर्ण तयारी भएको भएपनि जाडोका कारण मतदाताहरू ढिलो आइपुग्दा बकुली पश्चिम डिहवाको मदरशा मतदान केन्दमा सवा ७ बजेदेखि मतादान सुरु भएको थियो ।

इन्सेक बर्दिया जिल्ला प्रतिनिधि प्रकाश पौडेलका अनुसार ठाकुरबाबा नगरपलिका–४ का वडा अध्यक्षका पदमा लागि मतदान सुरु भएको छ । वडामा ३ हजार ५ सय १० जना मतदाता रहेका बताउनु भयो । बबई शिशु मन्दिरमा २५ सय १० जना मतदाता र कृषि सेवा केन्द्रमा १२ सय मतदाताले रहेको छन् । निर्वाचनमा दुई मतदान केन्द्र र पाँच मतदान रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले बताउनु भयो । उहाँले निर्वाचन बिहान ७ बजे देखि साँझ ५ बजे सम्म हुने समेत जानकारी दिनुभयो । वडा अध्यक्ष पदका लागि नेकपा एमाले विष्णुप्रसाद देवकोटा, नेपाली काङ्ग्रेसका अमिन थारु, नेकपा माओवादी केन्द्रका शेरबहादुर थारु, राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्मा, नागरिक उन्मुक्ति पार्टीका प्रीतिलाल थारू र राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर बहादुर शाहीको उम्मेदवारी दर्ता परेको छ । उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय ठाकुरबाबा नगरपालिका–४ को वडा कार्यालयमा ०८१ कात्तिक ३० गते स्थापना भएको थियो ।

Photo01122024Bardiya

Photo01122024Bardiya1

Photo01122024Bardiya2

Photo01122024Bardiya3

Photo01122024Bardiya4

Photo01122024Bardiya5

Photo01122024Bardiya6


इन्सेक लुम्बिनी प्रदेश कार्यालय