लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्युदर सुधारमा उदासिनता
लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्युदर सुधारमा उदासिनता देखिएको छ । लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्यु दर घटन सकेको छैन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अनुसार आ व ०७९ – ०८० को तथ्याङ्क अनुसार एक वर्षमा ५ सय ८० जना नवजात शिशुहरूको मृत्यु भएको छ ।
एनडिएचएस २०२२ को तथ्याङ्क अनुसार प्रति हजार जीवित जन्ममा २४ जना नवजात शिशुको मृत्यु २८ दिन नपुग्दै भएको पाइएको छ । जुन संख्या दीगो विकास लक्ष्य २०३० को लक्ष्य भन्दा दोब्बर हो । सन् २०१६ को सर्वेक्षणले प्रत्येक एक हजार जीवित शिशुको जन्म हुँदा २१ जनाको मृत्यु हुने गरेको देखाएको थियो । हालै प्रकाशित सर्वेमा अझै पनि प्रति एक हजार जीवित शिशुको जन्म हुँदा २४ जनाकै मृत्यु भएको उल्लेख छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले पनि एक वर्षअघिको यो घटनाजस्तै नवजात शिशु मृत्युदर पछिल्लो ६ वर्षमा सुधार हुन नसकेको तथ्य उजागर गरेको छ । जन्मपश्चात पहिलो २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशु मृत्यु भनिन्छ ।
दिगो विकासको लक्ष्य अनुसार सन् २०२२ सम्ममा पाँच वर्षमुनिका बालबालिका मृत्यु प्रति एक हजारमा २७ पुर्याउने लक्ष्य लिएको थियो । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ (एनडिएचएस) को प्रतिवेदन अनुसार पाँच वर्षमा बालबालिका मृत्युदरमा सुधार देखिए पनि लक्ष्य हासिल गर्न चुकेको छ ।
नवजात शिशु मृत्युदरमा भने पछिल्लो पाँच वर्षमा कुनै सुधार भएको छैन । सन् २०१६ मा २१ रहेको नवजात शिशु मृत्युदर २०२२ मा पनि २१ नै रहेको एनडिएचएसको प्रतिवेदनले देखाएको छ ।
त्यसैगरी, नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ तथ्यांकको अनुसार नवजात शिशु मृत्युदरलाई प्रादेशिक रुपमा विश्लेषण गर्दा मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी २७ जना नवजात शिशुको मृत्यु भएको र सबैभन्दा कम गण्डकी प्रदेशमा आठ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, कोशी प्रदेशमा २० जना, बागमती प्रदेशमा १८ जना र कर्णाली प्रदेशमा २६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । लुम्बिनी प्रदेश नवजात शिशु मृत्युदरको हिसावले तेस्रो स्थानमा रहेको छ ।
शिशु मृत्युको तथ्याङ्क हेर्ने हो भने नीजि मेडिकल कलेजमा ३ सय २५ जना शिशुको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ठ बालरोग विशेषज्ञ डा.नेत्र रानाले नवजात शिशुको मृत्यु हुनुको विभिन्न संक्रमण हुनु, महिना नपुगी बच्चा जन्मनु र बच्चा जन्मने वित्तिकै स्वास्थ्यमा समस्या आउनु, कम उमेरमा विवाह भएका कारण प्रसूति सम्बन्धी ज्ञानको कमी हुनु जस्ता कारणले मृत्यु हुने बताउनु भयो ।
डा.रानाले नवजात शिशुलाई बचाउनका लागि सबैभन्दा पहिला गर्भवती आमाले आफ्नो खानपान, आराम,सरसफाईमा ध्यान दिने, गर्भवती हुँदा स्वास्थ्य प्रोटोकल अनुसार चेकजाँच गराउने, शिशु जन्मिसकेपछि कुनै समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा पुर्याउने, स्थानीयस्तरमा नवजात शिशु उपचार तथा केयरका विषयमा स्वास्थ्यकर्मीहरुलाई तालिम दिने, नवजात शिशुलाई धेरै भिडभाड गरेर नसमाउने, सबै जिल्ला अस्पतालहरुमा नवजात शिशु उपचारको वातावरण मिलाउने, नवजात शिशुलाई धेरै मान्छेलाई छुन नदिने जस्ता कुराहरुमा ध्यान दिन सकेमा नवजात शिशुलाई बचाउन सकिने बताउनु हुन्छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका मातृमृत्यु तथा नवजात शिशु फोकल पर्सन कौशल भण्डारीका अनुसार प्रदेशका स्वास्थ्य संस्थाहरुको डिएचआइएसटु प्रणालीको तथ्यांक अनुसार आ व ७९÷०८० मा लुम्बिनी प्रदेशमा ५ सय ८० जना नवजात शिशुहरुको मृत्युभएको र तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी नीजि तथा प्राइभेट मेडिकल कलेजमा ३ सय २५ जना शिशुको मृत्यु भएको बताउनु भयो ।
दिगो विकास अनुरूप आगामि सात वर्षभित्र (सन् २०३० सम्म) नेपालले नवजात शिश मृत्युदरलाई प्रतिहजार जीवित जन्ममध्ये १२ जनामा झार्नुपर्ने हुन्छ । यही लक्ष्य पुरा गर्न सरकारले ‘नेपाल सुरक्षित मातृत्व र नवजात स्वास्थ्य २०३०’ रोडम्याप नै लागू गरेको छ । तर पछिल्लो ६ वर्षमा सुधार नदेखिएको तथ्यले दिगो लक्ष्य प्राप्तिमा चुनौती भने थपिएको छ ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भर्त्सना
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाप्रति इन्सेकले ०८१ माघ २ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको…
अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !
जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…