लुम्बिनी प्रदेशः स्थानीय तहका उपनिर्वाचन ०८१ सम्पन्न

  ०८१ मङ्सिर १६ गते

लुम्बिनी प्रदेशका रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिका–४ मा वडाध्यक्ष, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष, कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिका–१ मा वडाध्यक्ष र बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ मा वडाध्यक्ष पदको लागि ०८१ मङ्सिर १६ गते उपनिर्वाचन बिहान ७ बजेबाटै सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको छ ।

इन्सेक रोल्पा जिल्ला प्रतिनिधि तिलक घर्तिमगरका अनुसार रुन्टिगढि गाउँपालिका-४ को उपनिर्वाचनको अन्तिम मत परिणाम जम्मा १ हजार ९ सय मत मध्य १ हजार २ सय ९७ मत खसेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सप्पन्न भएको थियो । निर्वाचन सुरक्षाको निम्ति नेपाल प्रहरी १ सय ११ जना, सशस्त्र प्रहरी १ सय ३० जना र नेपाली सेना तीन ओटै निकायबाट करिब ३ सय जना सुरक्षा गार्डहरू परिचालन गरिएको थियो ।

Photo01122024Rolpa

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा ५७.०५ प्रतिशत अर्थात २ हजार ३ सय ३४ मत खसेको छ । वडा नं १ मा ४ हजार ९१ मतदाता रहेका छन् । नेपाल राष्ट्रिय सर्वोदय माविको दुई मतदान केन्द्रमा १ हजार १ सय ७२ खसेको छ । त्यस्तै सरस्वती मावि मतदान स्थलको दुई मतदान केन्द्रमा ७ सय ३० र जनज्योति मावि मतदान केन्द्रमा ४ सय ३२ मत खसेको निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत कृषिराम घिमिरेले जानकारी दिनुभयो । वडाध्यक्ष पदको लागि आठ जनाले मनोनयन दर्ता गराएका थिए ।

निर्वाचन अधिकृत घिमिरेका अनुसार नेकपा एमालेको तर्फबाट दलबहादुर थापा, नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, माओवादी केन्द्रका दुर्गा बहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट इश्वरी खातीले मनोनयन गर्दा गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उमेदवारको रुपमा योगेन्द्र खरेल, पुमानन्द खरेल र कुल बहादुर थापाले उमेद्वारी दर्ता गरेको निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो । तत्कालिन वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि मुसिकोट नगरपालिका–१ मा उपनिर्वाचन भएको हो ।

तीनै सुरक्षाकर्मीहरूद्वारा सुरक्षाको व्यावस्था कडा गरेर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताउनु भयो । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, सहायक कर्मचारी दुई जना, सहयोगी कर्मचारी एक र स्वयसेवक एक जनाको व्यावस्था गरिएको छ । पाँच मतदान केन्द्रमा ३० जना कर्मचारी र सुरक्षाकर्मी परिचालन भएको गौतमले बताउनु भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आजै मतगणना गर्ने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत युवराज गौतमले मतगणना स्थल बनाइसकेकाले मतपेटीका सङ्कलन भएपछि केही प्रक्रिया पुरा गरेर गणना गरिने बताउनु भयो । मतदानमा १०२ वर्षीया शिवकला भुसाल, क्रियापत्री तिर्थ बहादुर विश्वकर्मासहित ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरू मतदानमा सहभागी भएका थिए ।

Photo01122024Gulmi

Photo01122024Gulmi1

Photo01122024Gulmi2

Photo01122024Gulmi3

Photo01122024Gulmi4

Photo01122024Gulmi5

Photo01122024Gulmi6

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार उपनिर्वाचन ०८१ लागि सुद्धोधन गाउँपालिका-१ मा बिहानैदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको छ । सुद्धोधन गाउँपालिका-१ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा ६९.४१ प्रतिशत मत खसेको छ । सुद्धोधन गाउँपालिका-१ का वडा अध्यक्ष तिलकराम यादवको टाउँकोमा ट्यूमरका कारण उपचारका क्रममा ०८१ असोज ८ गते मृत्यु भएपछि यस वडामा उपनिर्वाचन भएको हो । सुद्धोधन गाउँपालिकाको वडा नं १ मा कुल मतदाताहरूको सङ्ख्या ४ हजार ८ सय ६८ रहेको थियो । जसमा पुरुषको सङ्ख्या २ हजार ७ सय ५६ र महिलाको सङ्ख्या २ हजार १ सय १२ रहेको थियो । तीन ओटा मतदान केन्द्रमा ६ ओटा बुथ रहेको छ । निर्वाचनाको सम्पूर्ण तयारी भएको भए पनि जाडोका कारण मतदाताहरू ढिलो आइपुग्दा बकुली पश्चिम डिहवाको मदरशा मतदान केन्दमा सवा ७ बजेदेखि मतादान सुरु भएको थियो ।

Photo01122024Kapilbastu

Photo01122024Kapilbastu1

Photo01122024Kapilbastu2

Photo01122024Kapilbastu3

इन्सेक बर्दिया जिल्ला प्रतिनिधि प्रकाश पौडेलका अनुसार ठाकुरबाबा नगरपालिका-४ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बबई शिशु मन्दिरमा रहेका २ हजार ३ सय ७३ मतदाता मध्ये १ हजार ४ सय ९७ जनाले मतदान गरेको छन् । कृषि सेवा केन्द्र बगनाहामा रहेका १ हजार १ सय ३७ मतदाता मध्ये ७ सय ४२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले बताउनु भयो ।

निर्वाचन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको थियो । आफै हिँड्डुल गर्न नसक्ने, सुत्केरी, गर्भवती महिला, शारीरिक रुपले अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक मतदाताको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिएका सवारी साधनको नियमन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले बताउनु भयो । वडा अध्यक्ष पदका लागि नेकपा एमाले विष्णुप्रसाद देवकोटा, नेपाली कांग्रेसका अमिन थारु, नेकपा माओवादी केन्द्रका शेरबहादुर थारु, राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्मा, नागरिक उन्मुक्ति पार्टीका प्रीतिलाल थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर बहादुर शाहीको उम्मेदवारी दर्ता भएको थियो ।

Photo01122024Bardiya

Photo01122024Bardiya1

Photo01122024Bardiya2

Photo01122024Bardiya3

Photo01122024Bardiya4


इन्सेक लुम्बिनी प्रदेश कार्यालय