लालपुर्जा नभएका कारण अनुदान सम्झौताबाट वञ्चित
अत्तरपुर गाविस-८ का १ सय ३७ भूकम्पपीडित घर परिवार लालपुर्जा नहुँदा अवास पुनर्निर्माण अनुदान सम्झौताबाट वञ्चित भएका छन् ।
०४२ सालमा नापीका लागि सरकारी टोली गाउँ पुग्दा प्रधानपञ्च र कम्युनिष्टहरू बीच झडप भएपछि सो ठाउँको जग्गा नापी नक्सा हुन नसकेको स्थानीयको भनाइ छ ।
लालपुर्जा नहुनेसँग अनुदान सम्झौता नगर्नु भन्ने सरकारको नीति भएकोले राहत पाउनबाट वञ्चित भएको स्थानीय कमल श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार बहुदलीय व्यवस्थापछि नापी गराउन पहल कदमी भएपनि हालसम्म नापी नभएका कारण समस्या आएको हो ।
उक्त गाविसको अन्य वडाका भूकम्पपीडितलाई घर पुनर्निर्माणको लागि अनुदान सम्झौता भएर पहिलो किस्ता रकम उपलब्ध गराइएपनि वडा नं ८ का १ सय ३७ घर परिवारले लालपुर्जा नभएका कारण सम्झौता गर्न नपाएको पुनर्निर्माण प्राधिकरण जिल्ला सम्पर्क कार्यालयका संयोजक भूवनेश्वर लामिछानेले बताए ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…