लामो समयसम्म एक्सरे मेशिन नबनाउँदा बिरामी मारमा
डेढ महिना अगाडि बिग्रेके जिल्ला अस्पताल बैतडीको एक्सरे मेशिन अझै सम्म पनि मर्मत नहुँदा जिल्लाका बिरामीहरू मारमा परेका छन् ।
गत भदौ १६ गतेदेखि एक्सरे मेशिन बिग्रिएपछि जिल्ला अस्पतालमा एक्सरे सेवा प्रभावित हुँदा बिरामीहरू मारमा परेका हुन् ।
एक्सरेका लागि जिल्ला अस्पतालमा आएका बिरामीहरू अहिले महङ्गोमा भारतको पिथौरागढमा उपचार गराउन बाध्य भएका छन् ।
'छोराका हात भाँचिएकाले जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने दुर्गास्थान गाविसबाट जिल्ला अस्पताल पुगेँ । तर, यहाँ एक्सरे बिग्रेकाले भारतको पिथौरागढ जाँदै छु ।'- दुर्गास्थानका हरिदेव बडुले भने ।
एक्सरे सेवा प्रभावित हुँदा दैनिक १० देखि १५ जनासम्म बिरामीहरू भारतको पिथौरागढ जाने गरेका छन् ।
'एक्सरे मेशिन दुई चोटी बनाइसक्यौँ फेरि बिग्रिएको छ । अब नयाँ ल्याउने प्रक्रिया भइरहेको छ ।'- जिल्ला अस्पताल बैतडीका डक्टर गुणराज अवस्थीले भने ।
अहिले एक्सरेको लागि जिल्ला अस्पताल आउने विरामीहरू चर्को मुल्य तिरेर भारतको पिथौरागढ जाने गरेको स्थानीय मोहन चन्दले बताए ।
अहिले हड्डीमा चोटपटक लागेका बिरामीहरूको पनि एक्सरे गरेर मात्रै उपचार गर्नुपर्ने भएकाले धेरै बिरामीलाई रिफर गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले बताए ।
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…